सिद्धपुरी अभियानमा किन गाइयो ‘श्रीमान् गम्भीर नेपाली’ ?
काठमाडौं । सिद्धपुरी अभियानले पृथ्वीनारायण शाहको जन्मदिनमा पुरानै राष्ट्रियगान गाएको छ । अभियानले वर्तमान समयमा राजसंस्थाको महत्व पुरानै अवस्थाको जस्तो रहेकाले नयाँ राष्ट्रियगान नगाएको जनाएको छ ।
पुरानै राष्ट्रियगान गाएर कार्यक्रम सुरु गरेपछि आलोचित भएका अभियानका केन्द्रीय अध्यक्ष सकुल शाहले भने ‘ हामी हिन्दुराष्ट्र र राजसंस्था मान्ने भएकाले नै त्यो राष्ट्रिय गान गाएका हौं, त्यो गानमा मात्र वास्तवमा नेपालको चित्र समेटिएको छ ।’ शाहले अरुले के गर्छन् भन्दा पनि आफ्नो लाइन के हो भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले अहिलेको राष्ट्रिय गानले देशलाई विखण्डन गरेको र आपसमा द्धन्द्ध निम्त्याएको समेत आरोप लगाए । उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्नेहरुले आफूहरुबाट सिक्नुपर्ने सुझाव पनि दिए । अध्यक्ष शाहले गणतन्त्रले देशलाई असफल पारिसकेको र निकासको लागि पुरानै अवस्थामा फर्किनुको विकल्पसमेत नभएकोमा जोड दिए ।
मंगलबार शाहको परेको ३०० औं जन्मदिनको अवसरमा अभियानको जिल्ला समिति काठमाडौंले आयोजना कार्यक्रममा पुरानै राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति’ गाइएको थियो । अध्यक्ष शाहले सरकारले एकता दिवसको दिन बिदा नदिएर राष्ट्रनिर्माताको योगदानको अवमूल्यन गरेको बताए । ‘सरकार राष्ट्रनिर्माताको योगदानको कदर गर्नै सक्दैन भने उनीहरुलाई भन्नु केही छैन’ उनले थपे ‘नेताहरु त देशलाई विभाजन गरेर खाने सोचमा छन् त्यसैले पनि उनीहरुलाई पृथ्वीनारायण शाहले गरेको राम्रो काम मन नपरेको होला । शाहले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए यी नेताहरुको राजनीति गर्ने ठाउँ नै नरहने पनि बताएका छन् । अभियानका काठमाडौं अध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाही युवा शक्तिका केन्द्रीय सदस्य रामकुमार वस्नेत, अन्तर्राष्ट्रिय हिन्दु महासंघका हरी शर्मा, गुम्वा विहार महासंघका अध्यक्ष सानुबाबु लामा, श्रमजीवि ट्रेड युनियन महासंघका अध्यक्ष राम लामा, महासंघकै उपाध्यक्ष भुवन वस्नेतलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नै श्रमजीवि ट्रेड युनियन महासंघका उपाध्यक्ष भुवन वस्नेतलाई अभियानको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । रामकुमार वस्नेतले देश संकटग्रस्त अवस्थामा पुगेकाले नेताहरुले राष्ट्र बचाउन पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने बताए । वस्नेतले अहिलेका नेताहरुलाई देशको भन्दा पनि आफ्नो चिन्तामात्र भएकाले जथाभावी गर्दै आएको समेत आरोप लगाए । अभियान सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको छ । ‘हामी राजनीति गर्दैनौं तर राजनीतिका नाममा भएका विकृति र विसंगतिको भण्डाफोर गर्छौं’ शाहले भने ‘ सधैं जनताले यिनै नेताहरु ठिक छन्, जे गरे पनि सहन्छौं भन्ने हो भनें कुनै दिन नराम्रो दुर्घटना हुन्छ त्यसैले ख्याल गरौं ।’
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





