तीन वर्षदेखि झोलुङ्गे पुल निर्माण अलपत्र
वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुङ्गे पुल लामो समयदेखि अलपत्र परेको छ ।
पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा हालसम्म करिब रु ५२ लाख ९९ हजार पेस्की रकम लिइए पनि कार्यस्थलमा खासै काम नभएको गाउँपालिकाले जनाएको छ । निर्माण कार्य हुन नसकेपछि सो पुल विगत तीन वर्षदेखि अलपत्र परेको हो ।
उपभोक्ता समितिले पुल निर्माणका लागि तीन वर्षअगाडि नै गाउँपालिकाबाट पटकपटक गरी रु ५२ लाख ९९ हजार पेस्की लिएको भए पनि निर्माणस्थलमा बढीमा १० प्रतिशत पनि काम हुन नसकेको गाउँपालिकाले जनाएको छ । हालसम्म दुईवटा अधुरा पिलर निर्माण गरेर पुल निर्माण कार्य रोकिएको थियो । “पुल निर्माणका लागि उपभोक्ता समितिले ठूलो रकम पेस्कीस्वरुप लिइएको भए पनि सो रकम त्यस कार्यमा खर्च गरिएको छैन”, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले भन्नुभयो, “अब अनुसन्धान गरी नियमानुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।” कार्यालयबाट लिइएको पेस्की रकम ब्याजसहित दाखिला गर्न यस अगावै गाउँपालिकाले उपभोक्ता समितिलाई पत्राचारसमेत गरिसकेको छ ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा तीन महिनाभित्र पुल बनाउन गाउँपालिका र समितिबीच सम्झौता भएको थियो । गाउँपालिकाका अनुसार कूल बजेट रु ९५ लाख ९७ हजारमध्येबाट हालसम्म ५२ लाख ९९ हजार पेस्की उपभोक्ता समितिले लिएको भएपनि करिब पाँचरसात प्रतिशत मात्र खर्च भएको छ । यद्यपि, समितिको खाताबाट सबै पैसा झिकिएको छ ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०७६र०७७ को प्रतिवेदनले सम्झौता अवधिसम्म काम नसकिएकाले ब्याजसमेत लगाई असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ । सम्झौतानुसार आठ महिनामा पुल निर्माण गर्नुपर्नेमा हालसम्म १० प्रतिशत पनि काम नभएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९९७५० मा उपभोक्ता समिति तथा लाभग्राही समुदायबाट काम गराउँदा सम्झौता रकमको बढीमा एक तिहाइ रकमसम्मको अग्रिमरूपमा पेस्की दिन सक्ने व्यवस्था छ । घोरदाउरामा नियमानुसार सम्झौता रकमको एकतिहाइ रु ३२ लाख पेस्की दिन मिल्नेमा बढी रकम दिइएकाले नियमसम्मत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
ओरिया खोलामा पुल नहुँदा घोरदाउराका बासिन्दा बर्सातको समयमा भारतको बाटो प्रयोग गरी नेपालीबजार पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । पुल निर्माण सुरु भएपश्चात् स्थानीयवासीमा आशा पलाए पनि अलपत्र हुँदा उनीहरु निरास बनेका छन् ।
ताजा
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबार
बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
२०८३ जेष्ठ १३ गते, बुधबार
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
२०८३ जेष्ठ १३ गते, बुधबार
‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स
२०८३ जेष्ठ १३ गते, बुधबार
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
२०८३ जेष्ठ १३ गते, बुधबार
तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल
२०८३ जेष्ठ १३ गते, बुधबार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





