थारू बस्तीमा माघीको रौनक
भेषराज बस्नेत
बर्दिया । बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् ।
थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन् भने पुरुष माघीका लागि मासुको जोहो गर्न जुटेको थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारूले बताउनुभयो ।
उहाँका अनुसार, थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा लिने गर्दछन् । माघीकै अवसरमा अर्थात् माघे सङ्क्रान्तिका दिन थारू समुदायमा महत्वपूर्ण निर्णय गर्ने गरिन्छ ।
अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइ–नभ्याई छ ।
करिब एक हप्तासम्म मनाइने माघी पर्वअन्तर्गत थारू समुदायले विभिन्न क्रियाकलाप गरी मनाउँछन् । माघीकै लागि खानपिनको जोहो केही दिनअघि नै गर्नुपर्ने भएकाले धान कुटाउने, ढिक्री खान पीठो पिसाउने, मासुको व्यवस्था गर्ने, नयाँ कपडा किन्ने, घरआँगन सरसफाइ तथा लिपपोत गर्ने, नाचगानका लागि बाजागाजा तयारी गर्ने काम भइरहेको थारूको भनाइ छ ।
नयाँ वर्षका रूपमा मनाउने यो पर्वमा थारू समुदायले एकापसमा सद्भाव प्रकट गर्ने गरेको थारू अगुवा एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताउनुभयो ।
उहाँले हरेक समुदायको जस्तै थारू समुदायको पनि कला, संस्कृति संरक्षण हुन जरुरी रहेको बताउँदै राप्तीसोनारी गाउँपालिकाले थारूलगायत सबै समुदायलाई समान रुपले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





