तीन वर्षदेखि झोलुङ्गे पुल निर्माण अलपत्र

२०७८ पुष ३० गते, शुक्रबार

​​​​​​​वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुङ्गे पुल लामो समयदेखि अलपत्र परेको छ ।

पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा हालसम्म करिब रु ५२ लाख ९९ हजार पेस्की रकम लिइए पनि कार्यस्थलमा खासै काम नभएको गाउँपालिकाले जनाएको छ । निर्माण कार्य हुन नसकेपछि सो पुल विगत तीन वर्षदेखि अलपत्र परेको हो ।

उपभोक्ता समितिले पुल निर्माणका लागि तीन वर्षअगाडि नै गाउँपालिकाबाट पटकपटक गरी रु ५२ लाख ९९ हजार पेस्की लिएको भए पनि निर्माणस्थलमा बढीमा १० प्रतिशत पनि काम हुन नसकेको गाउँपालिकाले जनाएको छ । हालसम्म दुईवटा अधुरा पिलर निर्माण गरेर पुल निर्माण कार्य रोकिएको थियो । “पुल निर्माणका लागि उपभोक्ता समितिले ठूलो रकम पेस्कीस्वरुप लिइएको भए पनि सो रकम त्यस कार्यमा खर्च गरिएको छैन”, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले भन्नुभयो, “अब अनुसन्धान गरी नियमानुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।” कार्यालयबाट लिइएको पेस्की रकम ब्याजसहित दाखिला गर्न यस अगावै गाउँपालिकाले उपभोक्ता समितिलाई पत्राचारसमेत गरिसकेको छ ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा तीन महिनाभित्र पुल बनाउन गाउँपालिका र समितिबीच सम्झौता भएको थियो । गाउँपालिकाका अनुसार कूल बजेट रु ९५ लाख ९७ हजारमध्येबाट हालसम्म ५२ लाख ९९ हजार पेस्की उपभोक्ता समितिले लिएको भएपनि करिब पाँचरसात प्रतिशत मात्र खर्च भएको छ । यद्यपि, समितिको खाताबाट सबै पैसा झिकिएको छ ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७६र०७७ को प्रतिवेदनले सम्झौता अवधिसम्म काम नसकिएकाले ब्याजसमेत लगाई असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ । सम्झौतानुसार आठ महिनामा पुल निर्माण गर्नुपर्नेमा हालसम्म १० प्रतिशत पनि काम नभएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९९७५० मा उपभोक्ता समिति तथा लाभग्राही समुदायबाट काम गराउँदा सम्झौता रकमको बढीमा एक तिहाइ रकमसम्मको अग्रिमरूपमा पेस्की दिन सक्ने व्यवस्था छ । घोरदाउरामा नियमानुसार सम्झौता रकमको एकतिहाइ रु ३२ लाख पेस्की दिन मिल्नेमा बढी रकम दिइएकाले नियमसम्मत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

ओरिया खोलामा पुल नहुँदा घोरदाउराका बासिन्दा बर्सातको समयमा भारतको बाटो प्रयोग गरी नेपालीबजार पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । पुल निर्माण सुरु भएपश्चात् स्थानीयवासीमा आशा पलाए पनि अलपत्र हुँदा उनीहरु निरास बनेका छन् ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal