ओलीले दिए सरकारलाई अलच्छिनाको संकेत
काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई अलच्छिनाहरुको संज्ञा दिएका छन् ।
आज काभ्रेको धुलिखेलमा नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकार विर्गान, भत्काउन मात्र आएको बताउनुभयो ।
वर्तमान सरकार आएपछि जनताले आफूले राख्न दिएको पैसा बैंकमालिन जाँदा समेत पाउन नसकेको उहाँले बताउनुभयो । ‘जनताले आफैले कमाएर राख्न दिएको पैसा त पाउँदैनन्, व्यवसाय गर्न ऋण कहाँबाट पाउन।’ओलीको भनाई थियो । सरकारले १४ सय रणनीतिक सडकको बजेट काटेको भन्दै उहाँले यो सरकारलाई विर्गान भत्काउन मात्र आउने बताउनुभयो । आखिर यिनीहरूको सरकार बनेपछि किन अलच्छिना लाग्छ भन्नुहुँदै ओलीले भन्नुभयो, ‘एउटा अलच्छिना पसेपछि त बिग्रिन्छ पाँच पाँच वटा अलछिना पसेपछि त सकिहाल्यो ।’
ओलीले वर्तमान सरकारकै कारण मुलुकको ६ महिना खेर गएको बताउनुहुँदै यो सरकार अझ राख्यो भने झन् बर्बात हुने बताउँदै उहाँले चुनाव मार्फत यो सरकारलाई हटाइने दाबी गर्नुभयो । ‘यस अवस्थाबाट देशलाई फर्काउनु पर्यो, फेरी लक्षणका दिन ल्याउनु परयो, फेरी बैङ्कमा पैसा होस्, आयोजनाहरू सुचारु हुन्, पानी जहाज, बाटो घाँटो, रेल र टनेलका कामहरू अगाडस् बढुन् ।’
वर्तमान सरकार प्राविधिक शिक्षालाई खत्तम बनाउन लागेको बताउँनुहुँदै ओलीले गठबन्धनको सरकारले संसद् अधिवेशन स्थगित गरेर सीटीभीटी सम्बन्धी अध्यादेश ल्याउन खोजेको बताउनुभयो । ओलीले वार्षिक तीस हजार नर्स पढ्न चाहने विदार्थीहरु भइरहेपनि अहिले १ हजारलाई पनि पढाइ नभइरहेको बताउनुभयो । ‘सबै नर्सिङको पढाइ बन्द गरिएको छ,अझ प्राविधिक शिक्षालाई खत्तम बनाउन अध्यादेश ल्याउने तयारी चलिरहेको छ ।’ यो सरकारलाई बन्द गर्न, विर्गान मात्र आउने बताउनुहुँदै ओलीले भन्नुभयो,यिनीहरूलाई भत्काउन मात्र आउँछ किनकि यो त सेटिङबाट, परमादेशबाट सांसदलाई थाहै नदिई आएको सरकार हो ।’
ओलीले वर्तमान सरकारकै कारण कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खत्तम भएको बताउनुभयो । अदालतको फोहोरी खेल सबै छर प्रस्ट भइसकेको बताउनुहुँदै उहाँले सभामुखको नाम नै लिन चाहनु भएन । ओलीले भन्नुभयो, वर्तमान सभामुखलाई त चिन्नुभएकै छ यहाँ अहिले नाम नलिऊ, फेरी कुल्ला गर्ने पानी छैन ।’
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रति लक्षित गर्दै कडा टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाँच हजारको जिम्मा लिन्छु भनेको के हो रु कृष्णप्रसाद सापकोटा, बलराम सापकोटाको जिम्मा लिने कि नलिने ? यो जिम्मा लिन्छु भनेको के हो ? सभामुख भएर गिच्च दाँत देखाउने हो ? ओलीको प्रश्न थियो ।
वर्तमान सरकारलाई डरपोक र काँतर भन्दै ओलीले एउटा नागरिकलाई तार काटेर खोलामा हारेर मार्दा समेत यस्तो भयो कारबाही गर भनेर भन्न नसकेको समेत बताउनुभयो ।
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





