प्रचण्डको पछि किन लागे देउवा ?
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पछिल्लो समयमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गुणगान गाउँदै हिँडेका छन् ।
सँगै भएका कार्यक्रममा मात्र होइन बाहिर भएका कार्यक्रममा पनि देउवाले अहिलेसम्म राजनीतिलाई यहाँसम्म ल्याउन प्रचण्डको योगदान भएको तर्क गर्दै आएका छन् । केपी शर्मा ओलीको सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डले जस्तो पनि कदम चालेका थिए । नेकपामा आन्तरिक विवाद बढ्दै गएपछि प्रचण्डले पार्टी एकता जोगाउनभन्दा पनि ध्वस्त बनाएर आफ्नो स्वार्थ पूरा गर्न देउवासँग साँठगाँठ गरे । हिजोको दिनमा गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री हुँदा केही योगदान गरेर देशलाई गुन लगाएका थिए । ५ पटकसम्म प्रधानमन्त्री हुँदा पनि देउवाले आफ्नो कुशलता देखाउन सकेका छैनन् । देउवा आफू कमजोर भएपछि सधैं अरुको सहारा लिने अवस्थामा पुगेका छन् । देउवाको आफ्नो राजनीतिक अडान नभएकाले पनि उनले अरुको सहारा लिनुपरेको हो । देउवा अझै पनि प्रचण्डको सहारामा राजनीति गर्न खोजिरहेका छन् । अहिले गठबन्धन बनाएर अघि बढेका कांग्रेस, नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) एक अर्काबीच सकारात्मक सन्देश बाँड्न लागेका छन् । यी तीनवटा पार्टीका प्रमुख एकले अर्कालाई उचाल्न र प्रशंसामा नै धेरै समय खर्च गर्न थालेका छन् । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन उद्घाटनमा सम्बोधनका क्रममा देउवाले प्रचण्डले नै देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याउने क्रान्तिका नायक भनेका थिए । यतिमात्र होइन देउवाले प्रचण्डकै कारण राजनीति सहज ढंगले अघि बढेको भन्नसमेत भ्याए ।
दोश्रो जन आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । गणतन्त्र र धर्मनिरपेक्षको कार्यान्वयन पनि गिरिजाले नै गरे । संविधान लेखन गर्ने र जारी गर्ने काममा सुशील कोइरालाकाको महत्वपूर्ण योगदान रहयो । सुशील त्यतिबेला प्रधानमन्त्री थिए । अरुको तुलनामा देउवाको योगदान कमजोर देखिएको छ । आफ्ना पार्टीका पुराना नेताको योगदानलाई बिर्सिएर अरुको वकालत गर्नुले ती नेताहरुको अवमूल्यन भएको प्रष्ट रुपमा बुझ्न सकिन्छ । देउवा प्रचण्डलाई फकाएर विवादित अमेरिकी सहयोग परियोजना एम्सीसी पास गर्ने दाउमा लागेका छन् । देउवा नै प्रधानमन्त्री हुँदा माओवादीका प्रचण्डलगायतको टाउकाको मूल्य तोकेका थिए । प्रचण्डको पार्टी पनि कमजोर भएकाले आगामी निर्वाचनमा कसैको सहारा लिनुपर्ने अवस्था छ । दुवै पार्टीले आफ्नो फाइदाका लागि एकले अर्काको बखान गाउँदै हिँडेका छन् भन्ने प्रष्ट रुपमा बुझ्न सकिन्छ ।
देउवा र प्रचण्डको यस्तो सम्बन्धको विषयलाई लिएर विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देउवालाई व्यङ्ग्यमात्र गरेनन् सुझाव पनि दिएका छन् । मिश्रले कांग्रेसको पार्टी कार्यालयमा बीपी कोइरालाकोे फोटो हटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो झुन्ड्याउन देउवालाई सुझाव दिएका हुन् । मंगलबार राति एक टेलिभिजनमा बोल्दै संघीयताविरोधी मिश्रले गत आइतबार काठमाडौंमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डको प्रशंसा गरेकोप्रति संकेत गर्दै सो कुरा बताएका हुन् ।
देउवाको सरकार बने पनि जनताले शान्ति र सुरक्षाको महसुश गर्न पाएका छैनन् । ओलीले ५ वर्ष पूरै सरकार चलाएर जनतालाई विकासको प्रत्याभूति दिने र रोजगारको अवस्था सिर्जना गर्ने सँगै जनताको जीवनस्तरमा बृद्धि गर्ने महत्वपूर्ण योजना अघि सारेका थिए । आफ्नो सरकार योजनाबद्ध ढंगले ढालेपछि एकातिर ओली ती काम पूरा गर्न नपाएकामा चिन्तित छन् भने जनता पनि निराश भएका छन् ।
ताजा
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





