स्वामी गिरीलाई विद्यावारिधि उपाधि

२०७८ पुष १२ गते, सोमबार

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा बाबुराम आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महेश सन्यास आश्रमले सञ्चालन गरेको महेश गुरुकूलमा अध्ययन गरी त्यहीँको प्रधानाध्यापकका रुपमासमेत सेवा गरिसक्नुभएका गिरी पछिल्लो समय पूर्वीय दर्शनलाई प्रविधिसँग जोडेर आममानिसलाई पठनपाठनमा सहजता बनाउने अभियानमा लागे । उनले चार लाख शब्द समावेश भएको संस्कृत– नेपाली विद्युतीय शब्दकोश तयार गरी सार्वजनिक गरे । शब्दकोशमार्फत उहाँले पूर्वीय दर्शनलाई प्रविधिसँग जोडे ।

शब्दकोशबाट संस्कृत, नेपाली, अङ्ग्रेजी र हिन्दी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोश एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी केएन स्वामी डटकममा पनि शब्दकोश हेर्न सकिन्छ ।

केशवानन्द हाल राष्ट्रिय गुरुकूल परिषद् नेपालका अध्यक्षसमेत छन् । परिषद्मार्फत देशभरका गुरुकूलको स्तरोन्नति एवं पठनपाठन सुधारमा केशवानन्दले ध्यान केन्द्रित गर्दै आएका छन् । पूर्वीय दर्शनका विभिन्न पुस्तकलाई आधुनिक साजसज्जासहित शुद्ध स्वरुपमा प्रकाशन गरिदिएर पनि उनले पूर्वीय दर्शनको ज्ञान लिन चाहनेका लागि ठूलो गुण लगाएका छन्। (रासस)

293 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal