सिके राउतद्वारा आज सिरहामा चक्काजाम
२०७८ पुष १२ गते, सोमबार
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ ।
गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको छ । गत पुस ६ गते सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको बीउ किसानले लगेका थिए । वितरणमा ढिलाई भयो भन्दै लाइन बसेका किसानहरू जथाभावी गहुँको बीउ लुटेर लागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने केहीमाथि मुद्दा चलाइएको छ । आइतबार आन्दोलनकारीले दर्जनौं गाडीमा तोडफोड गर्नुको साथै केही गाडीमा आगजनीसमेत गरेका थिए ।
136 Views