एक वर्षमै ७ सय विद्यार्थी थपिएपछि यस्तो गर्यो मनास्लु वर्ल्ड कलेजले
काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले हिजो बिहीबार नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरेका थिए । मन्त्री खतिवडाले विद्यार्थीलाई पढ्न उत्प्रेरित गरेका थिए । उनले आफ्नो वाल्यकालको बारेमा पनि जानकारी गराउँदै कलेजको उच्च प्रशंसा गरेका थिए । ‘मनास्लु कलेजले गरेको प्रगतिबारे म खुशी छु, दोस्रो वर्षमा नै यति धेरै विद्यार्थीलाई पढाउन सफल भएकोमा क्याम्पसलाई बधाई दिन्छु’ उनले भने ‘ कलेज व्यवस्थापन र कलेज सञ्चालकको मिहनेत र उत्साहका कारण नै कलेजले यो सफलता हात पारेको हुन सक्छ ।’ मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन पनि सबैलाई आग्रह गरे । ‘पौष ४ गतेबाट प्रत्येक स्कुल कलेजका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदैछ, सबैलाई जानकारी दिनुहोला’ उनले विद्यार्थीसँग आग्रह गर्दै भने ‘ अन्य स्थानमा बोलाउँदा कतिपय अवस्थामा मानिसहरु सहभागी नहुन सक्छन् त्यसैले पनि विद्यालय र क्याम्पसमै खोप लगाउने योजना बनाएका हौं ।’
कार्यक्रममा नेशनल प्याव्सनका निवर्तमान अध्यक्ष कर्णबहादुर शाही, पत्रकार जीवराम भण्डारी, गायक धिरज राईका साथै तेक्वान्दोमा स्वर्ण पदक विजेता पलेसा गोवद्र्धनलाई मन्त्री खतिवडाले सम्मान गरेका थिए । कलेजका अध्यक्ष गेन्द्र लामाले उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको बताए । उनले विभिन्न कलाकारको प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको जनाए । ‘ हामी शैक्षिक रुपमा त अग्रणी भूमिकामा नै थियौं तर त्यसको अतिरिक्त विभिन्न प्रकारका गुणात्मक र सीपमूलक काममा पनि सक्रिय छौं भन्ने पुष्टि भएको छ’ अध्यक्ष लामाले भने ‘ विद्यार्थी, अभिभावक र क्याम्पस सञ्चालकको प्रभावकारी भूमिकाका कारण नै हामी सफल भएका छौं र अझै अघि बढ्छौं ।’
नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फालगायतका कलाकारहरुले विशेष प्रस्तुति रहेको थियो । राइले सोइ ढोले सोई, अर्को ढोले खोईसहितका अन्य गित गाएर कार्यक्रममा रौनकता थपेका थिए । ‘अ होम फर फ्युचर्स लिडर’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको क्याम्पसले सस्तो र सुलभ दरमा विद्यार्थीलाई गुणस्तरीय सेवा दिँदै आएको छ । स्नातकसम्म अध्यापन गराइने कलेजले ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुनमा कक्षा सञ्चालन गर्दै आएको छ । स्नातक तहमा अर्को वर्षदेखि बीएस्डब्लुको पनि कक्षा सञ्चालन गर्ने तयारी भएको क्याम्पसले जनाएको छ ।
प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए । ‘विद्यार्थीलाई चाहिने उपयुक्त शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष चासो देखाएका छौं’ प्रिन्सिपल श्रेष्ठले भने ‘ दक्ष र प्राज्ञिक व्यक्तिको सहभागितामा क्याम्पस सञ्चालन गरिएकाले पनि हामी बेग्लै पहिचान बनाउन सफल भएका छौं ।’ प्रिन्सिपल श्रेष्ठले गत वर्ष ५ सय जना विद्यार्थीबाट सुरु गरिएको क्याम्पसमा अहिले १२ सय विद्यार्थी पुग्नु पनि राम्रो सफलता भएको बताए ।
क्याम्पसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै आएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिष्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य हो’ क्याम्पस अध्यक्ष लामाले भने ‘ विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएका छौं, यो पनि सकारात्मक पक्ष हो ।’ पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गरेको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





