काँग्रेस महाधिवेशनः किशोरसिंह राठौर सह–महामन्त्रीमा उठ्दै

२०७८ मंसिर २२ गते, बुधबार

रोशन ज्ञवाली
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौर सह–महामन्त्रीमा उठ्ने भएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा उनले उम्मेदवारी घोषणा गरेका हुन् । अहिले केन्द्रीय समितिमा रहेर प्रभावकारी भूमिका खेलेका उनी युवामाझ लोकप्रिय छन् । पार्टी संगठन निर्माणमा देशव्यापी अभियान चलाएका उनले खस आर्यको कोटाबाट सह–महामन्त्रीमा उम्मेदवारी दिने भएका हुन् । ‘पार्टी अब युवाले हाँक्छन् त्यसको लागि नेतृत्वदायी भूमिकामा पुग्नु जरुरी छ’ उनले भने ‘पार्टीलाई गतिशील र जुझारु बनाउने मसँग प्रशस्तै योजना छन् ।’ प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी कांग्रेसको पक्षमा माहौल राम्रो भएकाले पनि पार्टीले आगामी दिनमा थप जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउँछन् ।
उनले सबै मतदातासँग सहयोगको अपेक्षा गरेका छन् । ‘म पद ओगट्न र सह–महामन्त्री भएँ भनेर गमक्क पर्न उम्मेदवार भएको होइन’ उनले भने ‘पक्कै पनि केही गरेर देखाउँछु त्यसमा शंका गर्नु पर्दैन ।’

274 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal