ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा
काठमाण्डौ
ब्यापार ब्यबसाय बाट मात्र देशमा समृद्धि ल्याउन सकिन्छ भन्ने उद्धेश्यले करिब नौ जना युवाहरुको समूहले ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका छन् । युवाहरुले करिब एक करोड रुपैयाँको लगानीमा ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका हुन् । स्वदेशमै रोजगारी सृजना गर्ने, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित ग्रुप सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तोरण थापामगरले जानकारी दिए ।

उनले भने, बढ्दो क्रममा रहेको रोजगारीको मागलाई सम्बोधन गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ ।’ समूहले विदेशबाट कस्मेटिक सामाग्रीको आयात गरेर बिक्री गर्ने, खाद्यान्न तथा जडिबुटीको बिक्री वितरण गर्ने, हस्तकलाको सामानहरु, उनबाट तयार पारिएको गलैँचा, सुन र चाँदीबाट बनेका गहना, थाङ्का, कृषिजन्य उत्पादन, चिया, जुटबाट बनेका सामान खरिद तथा बिक्री गर्ने ,कृषिजन्य,औषधीजन्य तथा सौन्दर्य सम्बन्धि सामानहरु उत्पादन तथा ब्यबस्थापन गर्ने योजना कम्पनीको छ ।

यसैगरी, व्यापार बजारीकरण, ब्रान्डिङ सम्बन्धी तालिम र प्रशिक्षण सञ्चालन गरेर आन्तरिक तथा बाह्य बजारमा बिक्री वितरण गर्ने लक्ष्य समेत रहेको कम्पनीका सचिव कुलचन्द्र प्याकुरेलले जानकारी दिए । कम्पनीले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य लिएको र स्थानीय स्तरमा उत्पादित वस्तुलाई ब्रान्डिङ गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने लक्ष्य समेत रहेको उनको भनाई छ ।
कम्पनीले आगामी पाँच वर्षभित्र देशभर एक सयवटा तरकारी बिक्री केन्द्र र एक सयवटा बिक्री केन्द्र स्थापना गर्ने लक्ष्य लिएको कम्पनिका बरिष्ठ कोषाध्यक्ष घनश्याम न्यौपाने हामिलाइ जानकारी दिए।

ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





