ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा

२०७८ मंसिर १९ गते, आईतवार

काठमाण्डौ
ब्यापार ब्यबसाय बाट मात्र देशमा समृद्धि ल्याउन सकिन्छ भन्ने उद्धेश्यले करिब नौ जना युवाहरुको समूहले ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका छन् । युवाहरुले करिब एक करोड रुपैयाँको लगानीमा ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका हुन् । स्वदेशमै रोजगारी सृजना गर्ने, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित ग्रुप सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तोरण थापामगरले जानकारी दिए ।

उनले भने, बढ्दो क्रममा रहेको रोजगारीको मागलाई सम्बोधन गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ ।’ समूहले विदेशबाट कस्मेटिक सामाग्रीको आयात गरेर बिक्री गर्ने, खाद्यान्न तथा जडिबुटीको बिक्री वितरण गर्ने, हस्तकलाको सामानहरु, उनबाट तयार पारिएको गलैँचा, सुन र चाँदीबाट बनेका गहना, थाङ्का, कृषिजन्य उत्पादन, चिया, जुटबाट बनेका सामान खरिद तथा बिक्री गर्ने ,कृषिजन्य,औषधीजन्य तथा सौन्दर्य सम्बन्धि सामानहरु उत्पादन तथा ब्यबस्थापन गर्ने योजना कम्पनीको छ ।


यसैगरी, व्यापार बजारीकरण, ब्रान्डिङ सम्बन्धी तालिम र प्रशिक्षण सञ्चालन गरेर आन्तरिक तथा बाह्य बजारमा बिक्री वितरण गर्ने लक्ष्य समेत रहेको कम्पनीका सचिव कुलचन्द्र प्याकुरेलले जानकारी दिए । कम्पनीले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य लिएको र स्थानीय स्तरमा उत्पादित वस्तुलाई ब्रान्डिङ गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने लक्ष्य समेत रहेको उनको भनाई छ ।
कम्पनीले आगामी पाँच वर्षभित्र देशभर एक सयवटा तरकारी बिक्री केन्द्र र एक सयवटा बिक्री केन्द्र स्थापना गर्ने लक्ष्य लिएको कम्पनिका बरिष्ठ कोषाध्यक्ष घनश्याम न्यौपाने हामिलाइ जानकारी दिए।

276 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal