आफन्तको कुकुरले खाइदियो मोडलको ओठ, उपचार गर्न ५ करोड खर्च
एजेन्सी । कुकुरको आक्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३ मा भएको थियो ।
मोडलका अनुसार उनीसँगै भएको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा कुकुरले अचानक उनीमाथि आक्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो । तर, त्यही दिन कुकुरले आक्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आक्रमणले उनको अनुहार नराम्रोसँग बिग्रिइसकेको थियो ।
तर ब्रुकलिनले हिम्मत हारिनन् । उनले ओठ र नाकको सर्जरी गराउने निर्णय गरिन् । उनले यसको जानकारी आफ्नो युट्युब च्यानलमार्फत दिएकी छिन् । उनका अनुसार उनले घटनाको करिब १ वर्षपछि सर्जरीको लागि सही चिकित्सक पाइन् र सर्जरी गराइन् । क्यालिफोर्निया न्यूज टाइम्सका अनुसार सर्जरीको प्रक्रिया सुरु गर्ने बेलामा उनले भनिन् ‘म फेरि ठिक हुनको लागि तयार छु । मलाई आशा छ यो सर्जरीपछि मेरो पहिलेको मुस्कान फेरि आउनेछ । घाउका कारण मेरो करिअरमा जुन ब्रेक लाग्यो मलाई त्यसको दुःख छ ।’
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





