माओवादीलाई बलियो बनाउनुको विकल्प छैनः प्रचण्ड

२०७८ मंसिर १६ गते, बिहीबार

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको हो । उहाँले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताउनुभयो ।
अध्यक्ष दाहालले हिजो बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले नेपालमा परिवर्तनको रक्षाका लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनका लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्‍याउने, समाजवादको यात्रा सुरु गर्नका निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन । मानिसहरूलाई कहिलेकाहीँ भ्रम पर्छ, अरूले पनि गर्छन् कि भनेको जस्तो, जो हिजो गणतन्त्रकाविरुद्ध लागे ती अहिले पनि गणतन्त्रविरोधी नै छन्, जो हिजो सङ्घीयताको विरुद्ध लागे त्यो अहिले पनि सङ्घीयताका विरुद्धै छन्, महिलालाई धेरै अधिकार दिनु हुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् । दलितहरूलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् । यो सबै चिज माओवादी आन्दोलनकै परिणाम भएको हुनाले माओवादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धि बच्छन् पनि, तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ । माओवादी कमजोर भयो भने हामीले देख्यौँ नि कति छिटो, अलिकति माओवादी विभाजन भएको देख्दा, माओवादी सङ्गठन भएको कि भन्ने लागेपछि त संविधान नै मिच्ने, च्यात्नेसम्म भयो । जहाँ समावेशी, समानुपातिक छ त्यसलाई हटाउने, गणतन्त्रै उल्ट्याउन खोज्ने, हिजो मात्रै राप्रपाको अधिवेशनमा एउटा आफूलाई पुरानो कम्युनिस्ट भन्ने मान्छे त पूरै राजाको प्रशंसा गरेर राप्रपा मात्रै देशभक्त भनेकोजस्तो गरे, मैले उनलाई तिमी त राप्रपाको अध्यक्ष हुने तयारी गरेछौ भने, यस्ता पनि कम्युनिस्ट छन्, नाम कम्युनिस्ट छ, काम सामन्तीको जस्तो गर्छन् । त्यस कारण माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प नेपालमा छैन ।’
अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरूलाई कुकुरको पुच्छरसँग तुलना गर्नुभयो । उहाँले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताउनुभयो । उहाँले मधेशी नागरिक, दलित, जनजातिहरूको हकहितको कुरालाई लिएर आफूले संविधान संशाधनको प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले नेकपा एमाले जनजाति, दलित, महिला, मुस्लिमहरूको हक अधिकार र पहिचानको विरोधी रहेको आरोपसमेत लगाउनुभयो ।

109 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal