मुख्यमन्त्री राजेन्द्र राईले गरे मेरो डान्स कप र मेरो भ्वाईस कप युएसएको उद्घाटन
झापा । नेपाली दुई वटा रियालिटी शो ‘मेरो डान्स कप युएसए–४’ र मेरो भ्वाई कप युएसए–२’को उद्घाटन भएको छ । अमेरिकाबाट सञ्चालित यो दुबै रियालिटी शोको झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिबिरमा शनिबार सँयुक्त उद्घाटन गरिएको छ । यो दुबै रियालिटी शोको अडिसन यही जनवरीबाट अमेरिकामा हुने छ । दुबै रियलिटी शोको फारम पनि खुला गरिएको सो कार्यक्रममा घोषणा गरियो ।
‘मेरो डान्स कप युएसए–४’ र मेरो भ्वाई कप युएसए–२’को प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी, अभिनेता दीलिप रायमाझी, अभिनेत्री केकी अधिकारी, गायक प्रमोख खरेल, नृत्य निर्देशक शँकर बिसी, नरमान राईलगायतले सामुहिक उद्घाटन गरेका हुन् ।
दुबै रियालिटी शोको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपाली भाषा संस्कृतिलाई जगेर्ना गर्दै अमेरिका र क्यानडामा रहेका नयाँ पुस्ताका नेपालीलाई आफ्नो भाषा तर्फ आकर्षण गर्न आयोजना गरिएको यो दुई वटा कार्यक्रम प्रसँसायोग्य रहेको बताए । नेपालीहरु जहाँ भए पनि आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नु पर्नेमा उनले जोड दिए । नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको व्यबस्थापनको बारेमा आफुले केन्द्रिय सरकारसँग बार्ता गरेर परिणाम निकाल्न तर्फ लाग्ने पनि मुख्यमन्त्री राईले बचन दिए । सोही क्रममा मन्त्री राईले बेलडाँगी शिबिरमा इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले खोजेका जेष्ठ नागरिक डे केयर सेन्टरको पनि उद्घाटन गरे ।
शनिबारको सो उद्घाटन समारोहमा काठमाडौंबाट झापा पुगेका तीन दर्जन भन्दा बढी कलाकारले आफ्ना कला प्रस्तुत गरे । अग्रज गायक प्रेमराजा महतले बाँजो खेतमा र पानको पात जस्ता गीत प्रस्तुत गर्दा उनको गीतमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, अभिनेता अभिनेत्री, गायक गायिका लगायतका अतिथि छमछमी नाचे । मुख्य मन्त्री नै नाचेपछि हुटिङ गर्दै दर्शकहरु झनै नाचे ।
आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीका अनुसार अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरुले अमेरिका र क्यानडामा रहेका नयाँ पुस्तालाई नेपाली भाषा संस्कृति प्रति आकर्षण गर्न नृत्य र गायन सम्बन्धि दुई वटा रियालिटी शो आयोजना गर्दै आएको छ ।
‘हामी भुटानी भए पनि नेपाली भाषी भएका कारण हाम्रो पुस्ताले अब नेपाली भाषा नै बोलुन् र नेपाली संस्कृतिमै रमाउन् भनेर यो दुईवटा रियालिटी शो आयोजना गरिएको हो ।’ अधिकारीले भने,‘अमेरिका र क्यानडामा भए पनि हामी हाम्रा बालबालिकासँग घर तथा आफ्नो कार्यालयमा नेपाली भाषा नै बोल्छौं । हामीसँग नेपाली नागरिकता नभएपनि यो हाम्रो पहिचान भएकाले नेपाली भाषा संस्कृतिको जगेर्नाका लागि यो प्रतियोगितालाई महत्वको साथ हामीले आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष अधिकारीले भने । आफुले शरणार्थी भएर बिगतमा भोगेका पीडा पनि उनले सो क्रममा पोखे । झापामा रहेका नेपाली भाषी भुटानी शरणार्थीलाई या त नेपाली नागरिकता दिनु पर्ने या त तेश्रो मुलुक पुनर्वासका लागि नेपाल सरकारले सहयोग गर्नु पर्ने पनि उनले बताए । भुटान फर्कन चाहनेहरुलाई आफ्नो देश र्फकन व्यबस्थापन गर्न पनि उनले सरकारसँग सो कार्यक्रममा माग गरे ।
इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले चार वर्ष अघिबाट मेरो डान्स कप युएसए र दुई वर्षबाट मेरो भ्वाईस कप युएसए सञ्चालन गर्दै आएको पनि उनले बताए । प्रतियोगितालाई विश्वव्यापी रुपमा फैल्याउँदै अमेरिका र क्यानडामा रहेको नेपाली तथा नेपाली भाषीहरुलाई सहभागी गराउन यसपटक नेपालमा यसको उद्घाटन कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रममा बताए ।
‘हाम्रो संस्था इन्ट्र नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापाको शरणार्थी क्याम्पमा रहेका ७५ वर्ष माथिको जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिनुका साथै शिबिरका विधार्थीहरुलाई पढाउँदै आएको छ ।’ अध्यक्ष अधिकारीले कार्यक्रममा भने ।
शनिबार करिब १० घन्टा चलेको सांस्कृतिक कार्यक्रममा मेरो डान्स कप युएसएका निर्णायक दीलिप रायमाझी, शँकर बिसी, केकी अधिकारी र नरमान राईले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरे ।
नृत्य कलाकार दीपाशा बिसी, करिश्मा ढकाल, निक शर्मा, ऋचा थापाले पनि विभिन्न गीतमा कार्यक्रममा नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाए । कलाकार सन्दीप क्षत्रीको प्रहसन पनि आकर्षक थियो ।
दिउँसो ११ बजेबाट सुरु भएको कन्सर्ट बेलाका ८ बजेसम्म चलेको थियो । मेरो भ्वाईस कपका निर्णायक एवम् गायक प्रमोद खरेलले बेलुका साँझ ढल्दै गर्दा म बिना कसै कसैलाई मुस्किल छ सहित आधा दर्जन गीत गाउँदा सबै नाचेका थिए । कार्यक्रममा गायक गायिकाहरु सिडी बिजय अधिकारी, रचना रिमाल, रबी गहतराज, करणराज कार्की, सञ्जु मोक्तान, निशान भट्टराई, अरिफ शाह, अस्मिता अधिकारी, प्रविण बेडवाल, नेहा उप्रेती लगायतले पनि आफ्ना चर्चित गीतहरु प्रस्तत गरेर दर्शकलाई नचाए ।
कार्यक्रममा किर्तीपुर ग्रुप, धरान ग्रुप, दमक ग्रुप, बेलडाँगी ग्रुप, पत्थी ग्रुपका कलाकारहरुले पनि विभिन्न लोक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमका रौनक बढाए । यी कलाकारको नृत्य एवम् गायन हेर्नका लागि हजारौंको सँख्यामा दर्शकहरु बेलडाँडी शिविरमा सहभागी भएका थिए ।
कार्यक्रमलाई राजेश घतानी, शुशिल नेपालसहितका कलाकारले सञ्चालन गरेका थिए । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी प्रस्तुतिसँग बेलुका ८ बजेपछि सो उद्घाटन कार्यक्रम सकिएको थियो ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





