क्षेत्रीय सभापतिमा जोशीको दाबी किन ?

२०७८ मंसिर ५ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट मनिष जोशी (राम) ले क्षेत्रिय सभापतिको दाबी गरेका छन् ।
शनिबार बसुन्धराको दियालो फुडल्याण्डमा आयोजित उम्मेदवारी घोषणा तथा चियापान कार्यक्रममा उनले सभापतिको उम्मेदवार भएको घोषणा गरेका हुन् । जोशी लामो समयदेखि पार्टीको राजनीति गर्दै आएका छन् । राजनीतिसँगै सामाजिक कार्यमा पनि लागेका उनले मतदाता तथा शुभचिन्तकसँग आफ्ना एजेण्डा अघि सारेका छन् । ‘मैले पहिले पनि सहमतिका नाममा अरुलाई छोड्दै आएको हुँ, अब भनें सबैको सल्लाहमा सभापतिको लागि अघि बढेको हुँ’ उनले भने ‘ सबैको सहयोग पाएको छु त्यसैले पनि मलाई जित्छु भन्ने लागिरहेको छ ।’ उनले कार्यक्रममा उपस्थितसँग सुझाव पनि मागेका थिए । कार्यक्रममा उनले आफूले यसअघि गरेका विभिन्न कार्यक्रमको तस्विर पनि प्रदर्शन गरेका थिए ।
पारिवारिक राजनीतिबाट हुर्किएका उनको राजनीतिमा बेग्लै इतिहास रहेको छ । उनले पार्टीलाई गतिशील बनाउन आफ्नो उम्मेदवारी भएको बताए । वाल्यकालदेखि नै राजनीतिमा सक्रिय उनले पार्टीको विभिन्न तहमा बसेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । ‘जिम्मा पाएको काम गरेरै छोडेको छु त्यसैले अब पनि सभापति भएपछि यो क्षेत्रलाई चलायमान बनाउँछु’ उनले भने ‘हामी अब विभिन्न तहको निर्वाचनको मुखमा छौं त्यसैले पनि मेरो नेतृत्वले ती सबै जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्छ, कांग्रेसलाई जिताउने गरी काम गर्छु ।’ उनी १८ वर्षको हुँदा २०४६ सालबाट नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०४८ सालको क्रियाशील सदस्य हुन् । उनी कांग्रेसको लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सचिव पनि हुन् । पटक पटक पार्टीको निर्वाचन परिचालन समितिमा बसेर उनले जिम्मेवारी वहन गरिसकेका छन् ।
कांग्रेसको १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि भएका उनी राजनीतिलाई समाजसेवा ठान्छन् । ‘अनुशासन, इमानदारिता, निष्ठा र निरन्तरता, सबल सक्षम संगठन चारतारे र रुख मेरो प्रतिबद्धता’ भन्ने मुख्य नारा बनाएका उनले पटक पटक आफ्नो प्रतिबद्धता मतदातासामु स्पष्ट पार्दै आएका छन् । उनले भूकम्पका बेला र कोरोना संक्रमणको समयमा आफ्नो व्यक्तिगत तर्फबाट विभिन्न जिल्लामा पुगेर राहत तथा उद्धारको काममा सक्रियता देखाएका थिए । ‘ म जनताको मान्छे हुँ, ठूलो कुरा गर्न आउँदैन, म त सधैं काममा विश्वास गर्छु’ उनले भने ‘अब जिम्मेवारी पाए कामलाई थप निरन्तरता दिन सजिलो हुन्छ र त्यसले कांग्रेसलाई मात्र नभएर समाजलाई नै फाइदा गर्छ ।’

159 Views

ताजा

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे

२०८२ फाल्गुन २६ गते, मंगलवार

भोलि भट्टराई भारत जाने

२०८२ फाल्गुन २६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

२०८२ फाल्गुन २६ गते, मंगलवार

लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

२०८२ फाल्गुन २६ गते, मंगलवार

गण्डकीमा एमाले र नेकपा शून्य

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal