सोलुखुम्बुमा अधिकांश कार्यालय प्रमुखले दशैँ बिदा अघि नै छाडे कार्यालय

२०७८ आश्विन २५ गते, सोमबार

सोलुखुम्बु । सोलुखुम्बुका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् ।
बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पँदै दसैँ मान्न घरतिर हिँडेका पाइएको हो ।
यस वर्षको दसैँ बिदा यही असोज २६ गते फुलपातीका दिन भए पनि अधिकांश कार्यालयका प्रमुख शुक्रबार नै घर गएको सम्बन्धित कार्यायलका कर्मचारीले बताएका छन् । केही प्रमुखबाहेक विभिन्न बहानामा बिदा लिएर घर जाने विगतको प्रथाले यस वर्ष पनि निरन्तरता पाएको छ ।
बिदा अगाडि नै कार्यालय छाड्ने प्रमुखमा जिल्ला अदालत, सरकारी वकिल, जिल्ला हुलाक, मालपोत कार्यालय, हुलाक कार्याल, बागवानी केन्द्र फाप्लु, जिल्ला जनगणना कार्यालय, नेपाल टेलिकम, खाद्य तथा व्यापार कम्पनी लिमिटेड, कोष तथा लेखा नियन्त्रणको कार्यालय, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलगायत कार्यालयका प्रमुख रहेका छन् ।
यी कार्यालयका प्रमुखमध्ये अधिकांश आइतबारदेखि कार्यालयमा हाजिर भएका छैनन् भने केही प्रमुख हप्ता दिन अघिदेखि नै अनुपस्थित रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले समेत व्यक्तिगत समस्याका कारण कार्यालय प्रमुख घर बिदामा गएका स्वीकार गरे । कर्मचारी बिदामा बसेको भए पनि सेवा प्रभावित नभएको भन्दै प्रजिअ शाहीले सेवा नै प्रभावित भएको पाइएमा कार्वाही गरिने बताए ।
सरकारी नियमानुसार तोकिएको दसैँ बिदा असोज २६ देखि ३० गतेसम्म उल्लेख गरिएको छ । बिदा हुनु अगावै कार्यालय छाड्ने र बिदा सकिएको केही दिन ढिला गरी हाजिर हुने चलन रहेको छ । यो प्रथाले तल्लो तहका कर्मचारीलाई बढी जिम्मेवारी दिने र सुविधा कम हुने गरेको स्वयम् कर्मचारी बताउँछन् । –रासस

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal