‘पिउन सुरु गरेपछि’ लिएर आए शिव परियार

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौं । गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् ।
पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायाङ्कनको दृष्य देखाइएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।
मिडिया हब प्रा। लि। बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।
महान् चार्ड वडा दशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको गायक परियारले जानकारी दिएका छन् । उनले दर्शकको माया र आर्सीवाद कै कारण यस गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याइएको बताए । उनले भने – हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौ । रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ । समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूकोलागी यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नको लागी यो गीत ल्याएका छौँ । हाम्रो काम गर्ने टिम र धेरै मेहनत भएको हुनाले यस गीतलाई दर्शकहरूले सकारात्मक रूपमा लिएर मााया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु ।
उनले कुराकानीको क्रममा भनेका छन् मैले आफूले रक्सी नपिएपनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु । पछिल्लो समयमा गायक परियारको धोकेबाज, माया विक्नी रहेछ, तड्पी तड्पी, नभेटी नभेटी, सुनको चन्द««मा लगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।

https://youtu.be/1liCyUU6CS8
260 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal