उत्साहित कलाकारहरुको नगर बन्दै ललितपुर महानगर

२०७८ आश्विन १७ गते, आईतवार

ललितपुर । ललितपुर महानगरपालिकाले कला क्षेत्रमा समर्पित कलाकारहरुको विकासका लागि सम्बोधन गर्ने भएको छ । नजिकिँदै गरेको पर्वहरु मोहनी, दशैं, नेपाल सम्वत ११४२ नव बर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान एवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले “कला क्षेत्रको विकासका लागि गर्न सकिने कामका बारे योजना लिएर आउनुस् म सहयोग गर्नेछु” भन्नुभयो । ललितपुर महानगरपालिका वडा १६ ले कलाकार समिति स्थापना गरी कला क्षेत्रमा समर्पितका लागि कार्य सम्पादन अघि बढाएको प्रति खुशी ब्यक्त गर्नुहुँदै वडास्तरबाट थालनी भएको यो प्रयासले आफू निकै हौसिएको भन्नुहुँदै अपाङता भएका कलाकारहरुका लागि पनि सहयोग गर्ने सोच रहेको जानकारी गराउनुभयो ।
संघको ललितपुर शाखालाई ट्रयाकसुट सहयोग गर्नुभएका कार्यक्रमका विशेष अतिथि जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले आफुपनि कलाकारिता क्षेत्रमै समर्पित रहेको उल्लेख गर्नुहुँदै कलाकारको दुःख बुझेको र उक्त दुःख कम गर्न सहयोग गर्न सदा तत्पर रहने बताउनु भयो । जुजु वेयर्सले भने शाखालाई टिसर्ट सहयोग गरको हो ।
कार्यक्रमका अतिथिहरु ललितपुर महानगरपालिका १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले कला क्षेत्रले समाजलाई उत्साहित गर्ने मात्र होइन राज्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिने भएकाले कलाकारहरुलाई प्रोत्साहित गनुपर्नेतर्फ ललितपुर महानगपालिकाको ध्यानाकर्षण गराउनुभयो । साथै ललितपुर महानगरपालिका वडा ८ का वडा अध्यक्ष हेम महर्जनले पनि शुभकामना दिनुभएको थियो ।
वडा १६ कलाकार समितिका संयोजकको जिम्मेवारी प्रभावकारी रुपमा वहन गर्न सकियोस् भनी शुभकामना ब्यक्त गर्दै डिडान ललितपुर शाखाका सल्लाहकार एवं नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यलाई सम्मान गरिएको थियो । सम्मान पश्चात आफ्नो कुरा राख्नुहुँदै उहाँले मातृभाषा पत्रकारिता क्षेत्रको विकास र प्रोत्साहनमा पनि राज्यको खोजी भइरहने उल्लेख गर्नुहुँदै कला क्षेत्रको अवस्था पनि त्यस्तै रहेको कुरा राख्नुभयो । हिजोको कलाकारिताले भरिएको सम्पदामा गौरव गर्ने आजको पुस्ताको सोही क्षेत्रमा योगदान के छ रु भनी प्रश्न गर्नुहुँदै आजको पुस्ताको सृजनाप्रति पनि भविष्यले गौरव गर्ने स्थान बनाउनु स्थानीय तह तथा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले नृत्य निर्देशक संघ ललितपुर शाखाको सक्रियताले शक्ति संचार गरेको उल्लेख गर्नुहुँदै स्थानीय तहको साथले यो क्षेत्र अझ फस्टाउने विश्वास ब्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष प्रदिपरमण सिँ डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नृत्य निर्देशक संघ काठमाडौं शाखाका उपाध्याय अर्जुन तामाङको असमायिक निधनप्रति समवेदना प्रकट गर्दै मौन धारण पनि गरिएको थियो । विभिन्न शाखाको उपस्थितिले रौनक थपेको कार्यक्रममा नवगठित काठमाडौं, भक्तपुर तथा काभ्रेपलाञ्चोक शाखाका पदाधिकारी तथा सदस्यहरुलाई पनि नेवार परम्परा अनुसार सगुन दिएर शुभकामना ब्यक्ति गरेको थियो । परम्पराको महत्वका बारे भने ललितपुर शाखाका सल्लाहकार वरिष्ठ कलाकार संजय शर्मा राजोपाध्यायले प्रकाश पार्नुभएको थियो । शाखाका कार्यकारिणी सदस्य शविना डंगोलले स्वागत मन्तब्य राख्नुभएको हो ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal