रोकायाद्धारा माओवादी केन्द्र परित्याग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए ।
रोकायाले आफू फेरी नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि स्पष्ट पारे । एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायले भने–‘कम्युनिष्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’
देश जनता र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पुर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको उनको भनाई थियो । उनले कम्युनिष्ट आन्दोलन बचाउनको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भैरहेको बताए । उनले भने–‘अब म मात्र नभएर हजारौं माओवादी कार्यकर्ताहरु नै एमालेमा प्रवेश गर्नेछन् ।’
एमालेमा भएका सबै नेताहरुमा पनि गल्ती÷कमजोरी भएको भन्दै सुधारेर जानुपर्नेमा जोड दिए । माओवादी केन्द्रले लाखौं कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै करोडौ जनताको इच्छा र चाहनाविपरित अगाडि बढिरहेको पनि उनको आरोप थियो । उनले पार्टी नेतृत्वले जे पनि गर्ने अवस्था आएपछि त्यसका विरुद्ध उभिन परेको जिकिर गरे । सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउने जस्ता शक्ति पृथकीकरण सिद्धान्त विपरितका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफु उभिएको उनले स्पष्ट पारे ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वर्गीय सोच र चिन्तनबाट विचलित नेताको रुपमा चित्रण गरे । प्रचण्डले तत्कालिन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतप्राप्त कम्युनिष्ट सरकारलाई अपदस्त गर्न भूमिका खेलेको पनि उनको आरोप छ । उनले भने,‘जनताले नरुचाएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डले पटक–पटक कांग्रेस नेतृत्वसँग आग्रह गर्नुभएको थियो, यसमा मेरो गम्भिर असहमति थियो र छ ।’
उनले आफूले २३ वर्षसम्म नेकपा (एमाले) मा रहेर काम गरेको स्मरण गराए । तर, २०७० सालमा एमाले परित्याग गरेको र २०७१ मा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेको स्मरण गर्दै रोकायाले प्रचण्ड, कृष्णबहादुर महरा, शक्ति बहादुर बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुसँग छलफल र संवाद गरेर प्रचण्डकै उपस्थितिमा केन्द्रिय कमिटीको बैठक चलिरहेको अवस्थामा समाहित भएको प्रस्टाए । उनले २०४७ सालबाट अनेरास्ववियुमा आवद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्यमा रहेर काम गरेको सुनाए ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





