रोकायाद्धारा माओवादी केन्द्र परित्याग

२०७८ आश्विन १४ गते, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए ।

रोकायाले आफू फेरी नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि स्पष्ट पारे । एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायले भने–‘कम्युनिष्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’

देश जनता र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पुर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको उनको भनाई थियो । उनले कम्युनिष्ट आन्दोलन बचाउनको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भैरहेको बताए । उनले भने–‘अब म मात्र नभएर हजारौं माओवादी कार्यकर्ताहरु नै एमालेमा प्रवेश गर्नेछन् ।’

एमालेमा भएका सबै नेताहरुमा पनि गल्ती÷कमजोरी भएको भन्दै सुधारेर जानुपर्नेमा जोड दिए । माओवादी केन्द्रले लाखौं कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै करोडौ जनताको इच्छा र चाहनाविपरित अगाडि बढिरहेको पनि उनको आरोप थियो । उनले पार्टी नेतृत्वले जे पनि गर्ने अवस्था आएपछि त्यसका विरुद्ध उभिन परेको जिकिर गरे । सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउने जस्ता शक्ति पृथकीकरण सिद्धान्त विपरितका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफु उभिएको उनले स्पष्ट पारे ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वर्गीय सोच र चिन्तनबाट विचलित नेताको रुपमा चित्रण गरे । प्रचण्डले तत्कालिन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतप्राप्त कम्युनिष्ट सरकारलाई अपदस्त गर्न भूमिका खेलेको पनि उनको आरोप छ । उनले भने,‘जनताले नरुचाएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डले पटक–पटक कांग्रेस नेतृत्वसँग आग्रह गर्नुभएको थियो, यसमा मेरो गम्भिर असहमति थियो र छ ।’

उनले आफूले २३ वर्षसम्म नेकपा (एमाले) मा रहेर काम गरेको स्मरण गराए । तर, २०७० सालमा एमाले परित्याग गरेको र २०७१ मा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेको स्मरण गर्दै रोकायाले प्रचण्ड, कृष्णबहादुर महरा, शक्ति बहादुर बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुसँग छलफल र संवाद गरेर प्रचण्डकै उपस्थितिमा केन्द्रिय कमिटीको बैठक चलिरहेको अवस्थामा समाहित भएको प्रस्टाए । उनले २०४७ सालबाट अनेरास्ववियुमा आवद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्यमा रहेर काम गरेको सुनाए ।

246 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal