अस्पतालले सुनियोजित तरिकाले बिरामीको हत्या गरेको भन्दै मृतकको परिवारद्वारा कारबाहीको माग
काठमाडौं । धादिङ्को गजुरीमा असोज ५ गते मिनी ट्रकको ठक्करबाट घाइते भएका २० वर्षीय एहशान मियाको निधन भएको छ । कलंकीस्थित् नेपाल नेसनल हस्पिटल उपचाररत मियाको सुनियोजित तरिकाले मृत्यु गराइएको भन्दै परिवारले कारबाहीको माग गरेको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, परिवारलाई क्षतिपुर्ति दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । यदि आज ७ बजेसम्म कुनै निर्णय नभएमा भोलीदेखि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै मृत्तकका आफन्त मोहम्मद आलमले हस्पिटलले गाडी साहुसँग उपचार खर्च लिन्छौं भनेको तर साहुसँग नभेटाएको गुनासो गरे । उनले भने,‘गाडी साहुँसँग अस्पतालको पनि पक्कै नाता छ ।’ पहिला ठिक छ भन्दै गरेको र पछि अस्पतालले ‘ब्रेन–ह्याम्बे्रेज’ भइसेकको भनेर ठुलो अपराध गरेको बताए ।
उनले भने,‘अस्पतालले बिरामीको अवस्था गम्भीर भएको भए शल्यक्रिया किन गरायो ।’ उनले गाडी साहुसँग अस्पतालले छलफल गर्ने वातावरण गराइीदन माग गरे । कार्यक्रममा बोल्दै मृत्तकका आफन्त नासिर अन्सारीले अस्पतालले लास गन्हाएको छ शव लिएर जानु भनेर गल्ती गरेको भन्दै अस्पतालबारे छानबिन गर्न सरकारसँग माग गरे । उनले मृत्तकको परिवारको सबै खर्च गाडी साहु र अस्पतालले व्यहोर्नपर्ने माग गरे ।
मोहुम्मद सफिउल्लाहले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, परिवारलाई क्षतिपुर्ति दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । यदि आज ७ बजेसम्म कुनै निर्णय नभएमा भोलिदेखि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।
त्यस्तै, अर्का वक्ता सञ्जय साहले कार्यक्रममा बोल्दै बस मालिकले पीडित परिवारलाई भेटेर सहयोग गर्नुपर्ने बताए । अस्पताल र डाक्टरहरुले माफी माग्नुपर्ने उनको भनाई थियो । अस्पतालले धेरै मानिसहरुमा यसरी आतंक मच्चाएको पनि उनले आरोप लगाए । मिया सवार ना ४७ प ५८३३ न.को मोटरसाइकललाई बिपरित दिशाबाट आइरहेको बा २ क ६४७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो तर, भेन्टिलेटरको अभावमा पछि उनलाई नेपाल नेसनल अस्पताल कलंकीमा पुर्याइएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





