अस्पतालले सुनियोजित तरिकाले बिरामीको हत्या गरेको भन्दै मृतकको परिवारद्वारा कारबाहीको माग
काठमाडौं । धादिङ्को गजुरीमा असोज ५ गते मिनी ट्रकको ठक्करबाट घाइते भएका २० वर्षीय एहशान मियाको निधन भएको छ । कलंकीस्थित् नेपाल नेसनल हस्पिटल उपचाररत मियाको सुनियोजित तरिकाले मृत्यु गराइएको भन्दै परिवारले कारबाहीको माग गरेको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, परिवारलाई क्षतिपुर्ति दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । यदि आज ७ बजेसम्म कुनै निर्णय नभएमा भोलीदेखि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै मृत्तकका आफन्त मोहम्मद आलमले हस्पिटलले गाडी साहुसँग उपचार खर्च लिन्छौं भनेको तर साहुसँग नभेटाएको गुनासो गरे । उनले भने,‘गाडी साहुँसँग अस्पतालको पनि पक्कै नाता छ ।’ पहिला ठिक छ भन्दै गरेको र पछि अस्पतालले ‘ब्रेन–ह्याम्बे्रेज’ भइसेकको भनेर ठुलो अपराध गरेको बताए ।
उनले भने,‘अस्पतालले बिरामीको अवस्था गम्भीर भएको भए शल्यक्रिया किन गरायो ।’ उनले गाडी साहुसँग अस्पतालले छलफल गर्ने वातावरण गराइीदन माग गरे । कार्यक्रममा बोल्दै मृत्तकका आफन्त नासिर अन्सारीले अस्पतालले लास गन्हाएको छ शव लिएर जानु भनेर गल्ती गरेको भन्दै अस्पतालबारे छानबिन गर्न सरकारसँग माग गरे । उनले मृत्तकको परिवारको सबै खर्च गाडी साहु र अस्पतालले व्यहोर्नपर्ने माग गरे ।
मोहुम्मद सफिउल्लाहले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, परिवारलाई क्षतिपुर्ति दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । यदि आज ७ बजेसम्म कुनै निर्णय नभएमा भोलिदेखि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।
त्यस्तै, अर्का वक्ता सञ्जय साहले कार्यक्रममा बोल्दै बस मालिकले पीडित परिवारलाई भेटेर सहयोग गर्नुपर्ने बताए । अस्पताल र डाक्टरहरुले माफी माग्नुपर्ने उनको भनाई थियो । अस्पतालले धेरै मानिसहरुमा यसरी आतंक मच्चाएको पनि उनले आरोप लगाए । मिया सवार ना ४७ प ५८३३ न.को मोटरसाइकललाई बिपरित दिशाबाट आइरहेको बा २ क ६४७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो तर, भेन्टिलेटरको अभावमा पछि उनलाई नेपाल नेसनल अस्पताल कलंकीमा पुर्याइएको थियो ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





