प्रधानमन्त्रीले मागे मन्त्रीहरूको नाम

२०७८ भाद्र २५ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन्।
मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।
मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलो भइरहेको भन्दै प्रधानमन्त्री देउवाले छिटो मन्त्रीहरू टुंगो लगाउन नेताहरूलाई आग्रह गरेको उनले बताइन्।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ। यस्तै आज बस्ने संसद् बैठकमा विभिन्न अध्यादेश पेस गर्ने विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिइन्।
बिहान समय अभावका कारण छलफल नटुंगिएपछि आजै बेलुकी ६ बजे पुनः बैठक बस्ने जनाइएको छ। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal