‘इतिहासबाटै माओवादी शब्द गायब हुन्छ’–भण्डारी
झापा । गौरादहकी लघुउद्यम व्यवसायी पंकजा भन्डारी (पुनम नेपाल) ले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेकी छिन् । बिद्यार्थी राजनीति देखिनै माओवादी गतिविधिमा सकृयता देखाउदै आएकी भण्डारी आफुले लामो त्याग र संघर्ष गरेको माओवादी पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेकी हुन् ।
माओवादी निकट बुद्धिजीवी संगठनकि जिल्ला सदस्य समेत रहेकी भण्डारीलाई माओवादी भित्र निकै सवल, सक्षम र इमान्दार कार्यकर्ताको रूपमा लिने गरिन्थ्यो ।
भण्डारीले आफुले माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको बारे सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर जानकारी दिएकी छिन् । पार्टी परित्याग गर्नुमा उनले मुलतः स्थानीय नेता र कार्यकर्ता जिम्मेवार रहेको बताएकी छिन् ।
पार्टी संगठन विस्तार गर्न रुचि नदेखाइएको, चामल काण्डमा वाइसीएल व्याक गरेर छद्मभेष देखाइएको, महिला सदस्यलाई बेवास्ता गर्ने गरिएको, स–सानो लगानी गरेर संघर्षरत उद्यमशिल महिलाहरुको बारेमा कहिल्यै चासो नदेखाएको, महत्वपूर्ण बैठकमा बोलाउने नगरिएको कारण दल परित्याग गर्नुपरेको उनको भनाई छ ।
सञ्चारकर्मीसंग भने उनले माओवादीमा सैद्धान्तिक विचलन आएकोले अवको एकमात्र विकल्प एमाले नै रहेको बताइन् । उनले प्रचण्डलाई बलियो बन्दै गएको नेकपा भित्र अनावश्यक बखेडा निकाल्दै सरकार गिराएको र मुलुकलाई अस्थिरता तर्फ धकेलेको आरोप लगाएकी छिन् । प्रचण्डकै कारण गणतन्त्र धरापमा पर्दै गएको उनको बुझाई छ ।
‘निर्दोष र इमानदार कार्यकर्ताको भावना नबुझ्ने र उनीहरुको समस्या माथी पार्टीले कहिले पनि ध्यान दिदैन भने किन चाहियो पार्टी ?’, उनको प्रश्न छ ।
कुनै समय ऐतिहासिक विरासत बोकेको माओवादी पार्टी समय संगै इतिहास बाटै लोप हुँदैछ, यो पार्टीको असफलताको मुख्य कारण प्रचण्डको द्वैध चरीत्र नै हो।’, भण्डारी बताउछिन् ।
फेशन डिजाइनमा बि. एस.सी. गरेकी भण्डारी गौरादह प्राबिधिक शिक्षालयकी सन्चालिका हुन् । बिदेश गएर फेसन डिजाइन क्षेत्रमा काम गर्ने मनस्थिति बनाएकी उनले गौरादहलाई आफुले कार्यक्षेत्र बनाउन पाएकोमा गौरव रहेको बताउछिन् । ‘गाउँघरमै बसेर महिलाहरुलाई जिविकोपार्जन गर्ने तालीम दिनको आनन्द नै बेग्लै हुँदो रहेछ।’, उनको भनाइ छ ।
अध्ययन सक्ने बित्तिकै आफ्नो गृह क्षेत्र आएकी भण्डारी हाल दर्जन बढी सामाजिक संघ संस्थामा जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
‘मैले अध्ययन गरेको फेसन डिजाइन विषय’ एग्रोबेस र मटेरियल उत्पादनु संग समेत सम्बन्धित रहेकोले गौरादहमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास लिएको छु। ‘संभावना धेरै छन्, एकआपसमा हातेमालो गरेर अगाडी बढ्नुको खाचो मात्र अहिलेको आवस्यकता हो ।’ भण्डारीले भनिन् ।
हिमाली मा. वी. ले शुरु गरेको कक्षा ११ र १२ को फेसन डिजाइन अध्यापन गराउन आफू समेत एसोसिएट रहेको भन्डारीले बताएकी छिन् ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





