‘क्या जमाना आ’ सीजन २यूट्युबको ट्रेन्डिङमा

२०७८ भाद्र १० गते, बिहीबार


काठमाडौं– सीपी पुडासैनीको निर्देशनमा तयार भएको हास्य श्रृंखला ‘क्या जमाना आ’ सीजन २ को पहिलो भागले दर्शकको मन जितेको छ ।

गाईजात्राको दिनदेखि प्रसारण प्रारम्भ भएको उक्त श्रृंखला यूट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।
श्रृंखलाको टाइटल गीतमा शशिविक्रम थापाको र सीपी पुडासैनीको संगीत निर्देशन रहेको छ ।

यो श्रृंखलाको पहिलो सीजन दर्शकमाझ अत्यन्त लोकप्रिय भएको थियो ।

केशव सापकोटा श्रृंखला निर्देशक रहेको यो श्रृंखलामा सी पी पुडासैनी, केशव सापकोटा, शेखर चापागाईं, जोसना सुबेदी, सिताराम दाहाल, एलिना श्रेष्ठ, दिपु खड्का, जगदिश अधिकारी, रश्मी श्रेष्ठ, रोमा बिष्ट, आयुसा कार्की, श्याम कार्की, नविन निरौला, उमाकान्त सापकोटा आदि कलाकारले अभिनय गरेका छन् ।शर्मिला चौलागाईं निर्मात्री रहेको यो श्रृंखला माता पिता प्रोडक्सनले तयार पारेको हो ।

श्रृंखलाका अधिकांश दृष्यको छायांकन काभ्रे जिल्लाको पात्लेखेतमा गरिएको छ ।

बिहिबार यो श्रृंखला ट्रेन्डिङको ४४ स्थानमा छ ।

‘क्या जमाना आ’ को दोस्रो सीजनको प्रसारण प्रत्येक सोमबार राति सवा ९ बजेदेखि योहो टेलिभिजन तथा चीरञ्जिबी प्रसाद पुडासैनी युट्युब च्यानलबाट एकै साथ प्रसारण भैरहेको छ ।

दोस्रो सजनको पहिलो भाग झण्डै एक लाख पटक हेरिएको छ ।

उक्त भागले छ सय बढी प्रतिक्रिया तथा छ हजार लाइक पाइउको छ ।https://youtu.be/lbucj-rANZY

282 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal