भक्तपुर मालपोतमा एकद्वार प्रणाली, सर्बसाधारण कोठाकोठा चाहार्नु पर्ने झन्झटबाट मुक्त
काठमाडौं । एउटा कार्यालय प्रमुखको अठोट र दृढता भयो भने सरकारी कार्यालयलाई प्रशस्तै सुधार गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो– भक्तपुर मालपोत कार्यालय । भक्तपुरको च्याम्हासिंहमा रहेको मालपोत अहिले मुलुकका अन्य १३० वटा कार्यालयभन्दा भिन्न छ । कार्यालय कम्पाउण्डभित्र फलफुल र बोटविरुवाहरु रोपिएका छन् भने अन्य संरचनागत र बबस्थापकीय परिवर्तन पनि अन्यत्रको भन्दा निकै आकर्षक छ । त्यतिमात्र होइन निकै झन्झटिलो र पट्यारलाग्दो सरकारी सेवाबाट त्यहाँ जाने सेवाग्राहीहरु मुक्त पनि छन् ।
यो सबै डेढ वर्ष अगाडि मालपोत कार्यालय कलंकीबाट सरुवा भई भक्तपुर मालपोत कार्यालयमा जिम्मेवारी सम्हाल्न आई पुग्नुभएकाका प्रमुख मालपोत अधिकृत देवीप्रसाद भण्डारीको संकल्पका कारण सम्भव भएको हो । भण्डारी कार्यालय प्रमुख रहँदा कलंकी मालपोतमा पनि निकै संरचनागत र व्यवस्थापकीय सुधार भएको थियो । नमुना मालपोत कार्यालय निर्माण गर्ने अठोटका साथ भण्डारीले शुरु गरेको योजना सम्पन्न भएपछि त्यसको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल असार ४ गते गरेका थिए । कार्यालय प्रमुख भण्डारीको सुधार कार्यबाट प्रभावित प्रधानमन्त्री ओलीले सँगै गएकी भूमिसुधार मन्त्री पद्मा अर्याललाई ठाडो निर्देशन दिए– ‘अर्को कार्यालय सुधारका लागि भण्डारीलाई अन्यत्र पठाउनु ।’ प्रधानमन्त्री ओलीको सोही निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले पहल गर्यो र वहाँलाई भक्तपुर मालपोत कार्यालयको जिम्मेवारी दिइयो । भक्तपुरमा सरुवा भएपछि त्यतिबेलैदेखि वहाँले भक्तपुर मालपोत कार्यालयको संरचनागत र व्यवस्थापकीय सुधार सुरु गर्नु भएको हो।वहाँले सुरु गर्नुभएको सुधारको परिणाम अहिले सेवाग्राहीहरुका आँखा अगाडी नै छर्लङ्ग छ।
मालपोतका कार्यालयका कामलाई अहिले मुलुकैभर पेपर लेस बनाईएको छ।मुलुकभर रहेका १३१ कार्यालयमा अनलाइन प्रबिधिबाट काम हुने गरेको छ।त्यसलाई ब्यबस्थित रुपमा सन्चालन गर्ने कुरामा पनि कार्यालय प्रमुख भण्डारी निकै अघि हुनुहुन्छ ।प्रबिधिमा दक्ष प्राविधिक जनशक्ति रहेको भक्तपुर मालपोत कार्यालयसंग झण्डै डेढ सय भूसेवा केन्द्रहरु जोडिएका छन् ।जोडिएका तिनै भूसेवा केन्द्रमार्फत सेवाग्राहीका काम सहज ढंगले हुने गरेको छ।काममा पारदर्शिता,अभिलेखको संरक्षण र राजस्व चुहावट अन्त्यका लागि अनलाइन प्रणाली प्रभावकारी भएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो।
प्रबिधिको प्रयोगलाई प्रभावकारी बनाउनुको अलावा कार्यालय प्रमुख भण्डारीले मुख्य गरि भक्तपुर मालपोतमा ब्यबस्थापकीय र संरचनागत गरि दुईवटा सुधारलाई प्राथमिकता दिनुभएको छ।यो सुधारले काम लिएर जानेहरूलाई निकै सहज भएको सेवाग्राहीहरुको प्रतिक्रिया छ।
भक्तपुर मालपोत कार्यालयमा संरचनागत सुधार अन्तरगत ब्यबस्थित कार्यालय निर्माण रहेको छ।कार्यालय भित्र रहेका दर्जनौं कोठाहरु भत्काएर अहिले एउटै बनाईएको मात्र छैन।कार्यालयका कर्मचारीहरुले के गर्दैछन् त्यो सेवाग्राहीले स्पस्ट देख्न सक्ने समेत बनाईएको छ।सेवाग्राहीकै लागि भनेर दर्जनौं कुर्सीहरु मालपोत कार्यालयमा राखिएको छ।आफ्नो काम नहुन्जेल तिनै कुर्सीमा बसेर उनीहरूले टिभी हेर्न पाउने ब्यबस्था समेत गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो।
कार्यालयमा मोठश्रेष्ता सुरक्षाका लागि पोकापन्तुरा कस्ने चलन पनि हटाइएको भण्डारीले जानकारी दिनुभयो।भएका सबै अभिलेखहरु खोज्न सहज र सुरक्षित हुने गरि अहिले काठको दराज प्रयोगमा ल्याउनुका साथै डोरलक सिस्टम जडान गरिएको छ।जसले गर्दा लेखापढी ब्यबसायी र सेवाग्राहीहरु मोठश्रेस्ता भएसम्म पुग्न पाउंदैनन्।जनताको निजी सम्पत्तिको सुरक्षाका लागि हामीले यसो गरेका हौं, कार्यालय प्रमुख भन्डारीले भन्नुभयो,( ‘डोरलक सिस्टम भएपछि अभिलेख च्यातिने र हराउने डर हुंदैन।’
कार्यालय प्रमुख भण्डारीका अनुसार ब्यबस्थापकीय सुधार अन्तर्गत भक्तपुर मालपोत कार्यालयमा एकद्वार प्रणाली लागू गरिएको छ।यो प्रणाली अन्तरगत सर्बसाधरणले एउटै फांटबाट सबै प्रकारका सेवा सह्जै प्राप्त गर्ने गरेका छन् । सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखेर एउटै फांटमा मालपोत अधिकृत,रजिष्ट्रेशन शाखा, मोठ शाखा र कम्प्युटर शाखाको ब्यबस्थापन गरिएकाले अहिले फाइल बोकेर कोठा(कोठा चाहर्नुपर्ने झन्झट नरहेको जग्गा पासका लागि मालपोत कार्यालय आएका सृजन खत्रीले बताए ।एकद्वार प्रणालीका लागि विभिन्न क्षेत्रको बिभाजन गरि फांटहरुको ब्यबस्थापन गरिएको भन्डारीको भनाई छ।
कार्यालय सुधार गर्दा अहिले मालपोत कार्यालय झण्डै ३० लाखरुपैयाँ ॠणमा रहेको वहाँले जानकारी पनि दिनुुभयो।कार्यालयको सुधार गर्ने भनेपछि ब्यबसायी साथीहरूले सहयोग गर्नुभयो,त्यसैबाट काम अघि बढायौं अहिले हामी ३० लाख ॠणमा छौं भण्डारीले भन्नुभयो,( ‘त्यसमध्ये अहिले बिभागबाट १० लाख बजेट प्राप्त भएको छ।’ बजेट आउंदै गर्छ तर सुधारका काम हामी रोक्दैनौं।
कुनै पनि सुधार कार्यका लागि सबैमा केहि गरौं भन्ने भावनाको बिकास हुनु जरुरी रहेको वहाँको बुझाई छ।हाल गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएका टेकनारायण पाण्डे यसअघि भुमिसुधार मन्त्रालयको सचिव हुनुहुन्थ्यो।भूमि ब्यबस्थापनपन तथा अभिलेख बिभागको महानिर्देशक शेषनारायण पौडेल हुन्छ।मन्त्रालय र बिभाग अन्तर्गतका कार्यलयहरुलाई ब्यबस्थित सन्चालन गर्ने वँहाहरुको तीब्र अभिलाशा र प्रयासले पनि भूमि सुधारको क्षेत्रमा उल्लेख्य सुधार आएको कार्यालय प्रमुख भण्डारीको निष्कर्ष छ।डेढ बर्ष अघिसम्म मुलुकभरका मालपोतमा गरि जम्मा १७ जना उपसचिवको ब्यबस्था थियो,अहिले ६१ दरबन्दीमा ५५ जना उपसचिव कार्यरत हुनुहुन्छ,यो उहाँहरुकै देन हो, कार्यालय प्रमुख भण्डारीले भन्नुभयो।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





