मेलिना र निशान भट्टराईको “सालघारीमा” सार्वजनिक (भिडियो)

२०७८ भाद्र ६ गते, आईतवार

धरान । गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन्।
सार्वजनिक म्युजिक भिडियोका लागि ऋगार सन्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् । वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो । म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्।
गीतकार राईका अनुसार यो म्युजिक भिडियो निर्माणका लागि मकाउका नेपाली समुदायको सहयोग रहेको छ । म्युजिक भिडियोका लागि मकाउका युवा व्यवसायी रुस्तम श्रेष्ठले मुख्य प्रायोजन गरेका छन् । त्यसैगरी नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ “तमु” समाज मकाउ, किरात राई यायोक्खा मकाउ, मगर संघ मकाउ, शेर्पा समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मकाउ तामाङ घेदुङ एशोसियएसन मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ, एन होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी नेपाल र कविता राई लगायतले विशेष सहयोग र सह प्रायोजक गरेको गीतकार राईले जानकारी दिए।

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal