श्री लालीगुराँसको छैठौ सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायकमा
ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौ सदस्य सुबिधा काउन्टर भक्तपुर जिल्लाको सूर्यविनायकको पाण्डुबजारमा खुलेको छ । संस्थाले सो सुविधा काउन्टरबाट आज शुक्रबार बाट कारोबार शुरु गरेको हो ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले ससुकाको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै सबैभन्दा ठुलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न सदस्य सुविधा काउन्टर थप गरिरहेको बताउनुभयो ।
उहाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताउनुभयो । संस्थाले यसअघि संस्थाको ललितपुर चापागाँउ, काठमाडौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराउनुभयो ।
संस्थाले हालसम्म करिब ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा बिसं २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था २२औ वर्षमा शेयर सदस्यलाई सुविधा दिइरहेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा।लि।, शिक्षा क्षेत्रतर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा।वि।÷कलेज प्रा।लि। र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि। लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।
संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ । सस्थाले सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यका भित्र र बाहिर गरी थप ६ स्थानहरुमा थप सुविधा काउण्टरहरु संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने तयारी भैरहेको भण्डारीको भनाई थियो ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





