‘निरन्तर समाजसेवा’ भित्र तारा बहादुर कुँवरलाई नियाल्दा
सन्तोषी अधिकारी
काठमाडौं । काभ्रेको एक दुर्गम गाउँमा जन्मेर संघर्षका क्रममा काठमाडौं हानिएका ताराबहादुर कुँवरलाई आज यो अवस्थामा आउँछु भन्ने लागेको थिएन होला । निरन्तर संघर्ष गरेका उनले कहिल्यै पनि जीवनमा हार खाएनन् यो नै सफलताको कडी बनेको छ उनको लागि ।
‘बरु झार खाने तर हार नखाने’ उनले पटकपटक भन्ने गरेका यी शव्द सुन्दा उनको जीवन यो भन्दा टाढा होला भन्ने लाग्दैन । अध्ययनसँगै केही गरौं भनेर कसैको सहारा नपाई एउटा आँट लिएर ११ वर्षको उमेरमा काठमाडौं छिर्नु उनको लागि ‘फलामको चिउरा चपाउनु’ जस्तै थियो तर पनि अन्ततः जीवनलाई जितेरै छोडे । उनी विगतका दुःखका कथा गर्नुभन्दा बेलाबेला भक्कानिन्छन् पनि । ‘मैले नगरेको काम केही छैन भने पनि हुन्छ, बस्नैपरो, खानैपरो, चोर्नु, लुट्नु भएन ’ उनले भने ‘ एकैदिन तीन–चार ठाउँमा पनि काम गर्थे, कति रात त रातभरि सुतिन अहिले सम्झँदा पनि रुन मन लाग्छ ।’ उनले यसअघि प्रकाशित गरेको पुस्तक ‘हजुरलाई नमस्ते’ का विभिन्न भागमा आफ्नो जीवन जस्ताको त्यस्तै उतारेका छन् । धेरैजसोले दुःखका कुरा बढी नसमेट्न र अहिले सुन्दा लाज हुने भनेर सल्लाह दिए पनि उनले मानेनन् र वास्तविक भोगाईलाई नै पुस्तकमा उतारे । उनी एउटा व्यक्ति सफल हुन कति संघर्ष गर्नुपर्ने रहेछ ती पुस्तकमा उल्लेख गरेको बताउँछन् । व्यापारसँगै समाजसेवामा लागेका उनले रिक्सा, ठेला र टेम्पो पनि कुदाएका छन् । टेम्पोमा ‘हजुरलाई नमस्ते’ लेखिएको र त्यही टेम्पोको यात्राबाट यहाँसम्म आइपुगेकाले पनि उनले यो शव्द छोडेका छैनन् । वाफलमा गाडीको विभिन्न सामग्री बिक्री गर्ने उनको पसलको नाम पनि ‘हजुरलाई नमस्ते ट्रेड लिंक’ हो । उनी जुनसुकै सानो काम पनि आफैं गर्नुपर्छ भन्ने पक्षमा छन् । काम भनेको सानो र ठूलो हुँदैन सोचाइमा मात्र फरक हो भन्ने उनले अरुलाई पनि सधैं संघर्ष गर्न प्रोत्साहन दिँदै आएका छन् । उनले कोरोना संक्रमण नेपालमा भित्रिएपछि आफ्नै घरको आँगनबाट झण्डै २५ सयलाई राहतस्वरुप दाल, चामल, नुन, तेल, चिनीका साथै स्वास्थ्य सामग्री पनि बाँडेका छन् । कसैलाई पनि बिहान बेलुका खान नपरोस् भनेर नै आफूले यो अभियान चलाएको उनी बताउँछन् ।
आफ्नो घरसम्म आउन नसक्नेका साथै फरक क्षमता भएकाका लागि उनी उनीहरु बसेकै ठाउँसम्म पुगेर पनि राहत बाँड्न पछि परेनन् । ‘मरेर लानु केही छैन, बाँचुञ्जेल सेवा गरियो भने सबैले सम्झन्छन् र स्वर्ग जान पाइन्छ कि’ भनेर पनि म लागिरहेको छु भन्छन् उनी । सामाजिक सञ्जाल चलाउन र आफूले गरेको कामको चर्चा गर्न उनी कहिल्यै पनि पछि परेनन् । अनावश्यक चर्चा गर्न खोजेको भनेर आरोप आइरहँदा उनले यसैगरी राहत बाँडेर आफूलाई ‘भाइरल’ बनाउन पनि उनले सुझाव दिएका छन् । कुँवरले कोरोना संक्रमणमा मानिसलाई रगतको अभाव भएपछि केही साता विभिन्न जिल्ला पुगेर रक्तदान अभियान पनि सञ्चालन गरे ।
उनले हरेक शनिवार चक्रपथ सफाई अभियान पनि चलाएका छन् । उनले प्रत्येक हप्ता फरक फरक विधाका मानिसलाई प्रमुख अतिथि र अतिथि बनाएर चक्रपथको फोहोर सफा गर्दै आएका छन् । यो अभियान चलाउनुको पछि पनि उनको आफ्नै कथा जोडिएको छ । घरको माथिबाट बाटोमा फोहोर फ्याल्ने अनि सफाई गरेका बेला छतबाट रमिता हेर्नेहरुप्रति उनी कहिलेकाहीँ जाइलाग्ने गरेका छन् । सबैको सहयोगबाट यो अभियान पनि सफल हुँदै गएको उनको बुझाई छ । उनी हेभी इक्युपमेन्ट व्यावसायी महासंघका संस्थापक अध्यक्ष पनि हुन् ।
उनले हालै प्रकाशनमा ल्याएको ‘निरन्तर समाजसेवा’ भित्र आफूले समाजमा गरेको सेवाबारे जानकारी दिएका छन् । १ सय २१ पानामा समेटिएको कँुवरको पुस्तकको पहिलो पृष्ठमा समाजसेवाका प्रसंगलाई समेटिएको छ । बाफलको आफ्नो घर नजिकै लुम्बिनी गेष्ट हाउसमा २०७२ साल वैशाख १२ गते भूकम्पले मानिसहरु च्यापिएको घटना थाहा पाएलगत्तै हेभी उपकरण (स्काभेटर) उपलब्ध गराएदेखि भूकम्पपीडितलाई राहत सहयोग गर्न गएका थुप्रै अनुभवलाई उनले पुस्तकमा समेटेका छन् ।
समाजमा सबैभन्दा ठूलो समस्या परिश्रम नगर्ने र अर्काको कुरा काट्ने प्रवृत्ति हो भन्ने कुँवर आलस्य र घमण्डले गर्दा मान्छेले दुःख पाउने बताउँछन् । कोरोनाका बिरामीले अक्सिजनका अभावमा ज्यान गुमाउनु परेको र जोखिमका बीच उनले अक्सिजनसहितका सिलिन्डर सहयोग गरेर धेरै बिरामीको ज्यान जोगाए । यसबारे उनले आफ्नो पुस्तकको पेज नम्वर ४५ को अन्तिम अनुच्छेदमा लेखेका छन् – ‘मानवीय सेवा–भावले अक्सिजन सिलिण्डर विभिन्न हस्पिटलहरुलाई प्रदान गरेपछि मेरो मनले अझै कुनै सेवामूलक कार्य गर्न खोजिरहेको थियो । गएको वर्ष लकडाउनका बेला सयौं जनालाई राहत दिएको हुँदा मैले दोस्रो पटक लकडाउन हुँदा पनि राहत वितरण कार्यलाई निरन्तरता दिने सोच बनाएँ र वैशाख १६ बाट लकडाउन भएपछि मैले राहत वितरण अभियानलाई फेरि सुचारु गरें ।’ पृष्ठ ६१ मा अनिल पौडेलले कुँवरलाई व्यवसायीहरुका पथ प्रदर्शक भनेर लेखेका छन् । उनले सुरुमै भनेका छन् ‘अग्रज व्यवसायी ताराबहादुर कँुवर र हामीबीच पहिलादेखि नै पारिवारिक सम्बन्धजस्तै रहँदै आयो । हामीले अहिले जुन पेशा अपनाइरहेका छौं, यो पेशामा आबद्ध तुल्याउनका लागि उहाँको ठूलो भूमिका रहेको छ । मेरो बुबाले पहिले तीन पाङ्ग्रे कालो टम्पो चलाउनुहुन्थ्यो, त्यो उहाँले नै सिकाउनु भएको हो । पछि म पनि यातायात क्षेत्रमा नै आबद्ध भएँ । मेरो बुबा र मलाई यो क्षेत्रमा ल्याउने र सिकाउने उहाँले नै अग्रसरता देखाउनुभएको हो ।’ अनिलले भनेजस्तै कुँवरले धेरैलाई यस क्षेत्रमा ल्याएर रोजगारमूलक बनाउने प्रेरणा दिएका छन् र अप्ठेरो पर्दा निःशुल्क सल्लाह पनि दिएका छन् ।
पुस्तकमा पौडेलसहित, लोकबहादुर कुँवर, महेश कुँवरलगायत १३ जनाको लेखलाई समेटिएको छ । पुस्तकमा पत्रपत्रिकामा प्रकाशित समाचार र प्रकाशित तस्विरलाई राखिएको छ । २०७८ को असारमा प्रकाशित पुस्तकका प्रकाशक फाल्गुण शम्शेर कुँवर र फणित शम्शेर कुँवर हुन् । पुस्तकको ‘ले आउट’ मिलन कोइरालाले गरेका छन् । सम्पादक विवश वस्तीले पुस्तकको अन्तिमको गातामा कुँवरको बारेमा भनेका छन् ‘व्यावसाय र समाजसेवामा देखिएको उनको कार्य र सक्रियता आज हिराजस्तै चम्किलो बन्दैछ । हामीले बुझ्नुपर्छ– हिरा घर्षणबिना चम्किँदैन र समाजसेवी कुँवर पनि जीवन–घर्षणबाट नै आलोकित व्यक्तित्व हुन् ।’
समाजसेवी एवं व्यावसायी कुँवर विभिन्न संघसंस्थामा पनि आवद्ध छन् । उनले व्यवसाय गरेर हाँस्न र बाँच्न सिकाएका छन् । उनी व्यापारमा घाटा भए पनि सहनुपर्छ र जीवनलाई खुशी पार्नुपर्छ भन्ने पक्षमा छन् । उनी कहिल्यै पनि हरेस नखाने भएकाले नै दुःख परे पनि सुख परे पनि सधैं फुर्तिला, जोसिला र जाँगरिला देखिन्छन् ।

ताजा
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





