स्याङ्जाका काँग्रेसीले काठमाडौंमा के भने ?

२०७८ श्रावण ३१ गते, आईतवार

काठमाडौ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का काँग्रेस कार्यकर्ताहरुको भेला शनिबार काठमाडौंमा भएको छ । जिल्लाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) का अनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने नेता तथा कार्यकर्ताहरुको भेलामा समसामयिक राजनीतिका साथै काँग्रेसले आगामी दिनमा खेल्नु पर्ने भूमिकाको बारेमा छलफल भएको छ ।
रानाको सक्रियता र काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विश्व गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीका कार्यकर्ताका साथै विभिन्न निकायमा बसेर महत्वपूर्ण भूमिका खेलेर अवकाश प्राप्त भएको पूर्व प्रहरी, पूर्व कर्मचारी, प्रशासक, बौद्धिक वर्गलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्याङ्जामा काँग्रेसलाई कसरी राम्रो बनाउने, स्याङ्जाको विकासमा कसरी सक्रियता देखाउने भन्ने विषयमा छलफल भएको कार्यवाहक सभापति रानाले बताए ।
उनले अवकाश प्राप्त बौद्धिक समुदायबाट आएका सुझावलाई आधार मान्दै आगामी दिनमा पार्टीलाई अघि बढाउने समेत बताएका छन् । कार्यवाहक सभापति रानाले यसअघि विभिन्न क्षेत्र र समुदायसँग पनि पटक पटक अन्तरक्रिया गर्दै आएका छन् । कार्यक्रममा पूर्वमन्त्री, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, नेपाली काँग्रेस, नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङको पनि सहभागिता रहेको थियो ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal