स्याङ्जाका काँग्रेसीले काठमाडौंमा के भने ?
काठमाडौ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का काँग्रेस कार्यकर्ताहरुको भेला शनिबार काठमाडौंमा भएको छ । जिल्लाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) का अनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने नेता तथा कार्यकर्ताहरुको भेलामा समसामयिक राजनीतिका साथै काँग्रेसले आगामी दिनमा खेल्नु पर्ने भूमिकाको बारेमा छलफल भएको छ ।
रानाको सक्रियता र काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विश्व गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीका कार्यकर्ताका साथै विभिन्न निकायमा बसेर महत्वपूर्ण भूमिका खेलेर अवकाश प्राप्त भएको पूर्व प्रहरी, पूर्व कर्मचारी, प्रशासक, बौद्धिक वर्गलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्याङ्जामा काँग्रेसलाई कसरी राम्रो बनाउने, स्याङ्जाको विकासमा कसरी सक्रियता देखाउने भन्ने विषयमा छलफल भएको कार्यवाहक सभापति रानाले बताए ।
उनले अवकाश प्राप्त बौद्धिक समुदायबाट आएका सुझावलाई आधार मान्दै आगामी दिनमा पार्टीलाई अघि बढाउने समेत बताएका छन् । कार्यवाहक सभापति रानाले यसअघि विभिन्न क्षेत्र र समुदायसँग पनि पटक पटक अन्तरक्रिया गर्दै आएका छन् । कार्यक्रममा पूर्वमन्त्री, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, नेपाली काँग्रेस, नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङको पनि सहभागिता रहेको थियो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





