उज्यालोका नायक कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणमा नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले घिसिङलाई पुन प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
लोडसेडिङको अन्त्य लगायत विद्युत प्राधिकरणमा विभिन्न सुधारका जनप्रिय कार्यक्रमहरु गर्दै ४ वर्ष कार्यकाल पूरा गरी २९ भदौ २०७७ मा उज्यालोको नायक कुलमान घिसिङको विदाई भएको थियो ।
व्यक्तिगत हठ, पार्टी नीति, विधि र थिति विपरित सीमित व्यक्तिहरुको पर्खाल बनाएर चौघेरामा रमाएर विधि विधानलाई तिलाञ्जली दिने ओली सरकारकै पालामा आम जनताको जनचाहना विपरित हजारौं जनता कुलमानको कार्यकाल थपको लागि सडकमा ओर्लेर आवाज उठाउँदा पनि बेवास्ता गर्दै कुलमान घिसिङलाई विदाई गरेका थिए ।
झण्डै एक वर्ष अघि घिसिङको कार्यकाल पूरा भएपछि तत्कालीन केपी ओली सरकारले प्राधिकरणको कार्यकारी निर्देशक बनाएका हितेन्द्रदेव शाक्यको काम सन्तोषजनक नभएको ठहर सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा देउवा सरकारले शाक्यलाई हटाउने तयारीका साथ सिंचाइ, जलस्रोत तथा ऊर्जा मन्त्री पम्फा भुषाललाई ठाडो निर्देशन दिएको छ । शाक्यले भने घरि आफू ४ वर्षे कार्यकालको लागि नियुक्ति भएकोले राजीनामा नदिने बताउने गरेका छन् भने घरि सरकारले तोकेको उपयुक्त ठाउँमा जान तयार रहेको बताउने गरेका छन् । आम जनता भने पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्रागमनको चर्चाले धेरै खुशी देखिएका छन् । घिसिङले आफ्नो विगतको कार्यकालमा देशलाई लोडसेडिङ मुक्त मात्र पारेनन् । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको आगमन हुँदा आर्थिक वर्ष २०७२÷०७३ मा प्राधिकरणको संचित घाटा ३४ अर्ब ६१ करोड रूपैयाँ थियो । कुलमानले जिम्मेवारी सम्हालेकै वर्ष विद्युत चुहावट नियन्त्रण गर्दै २०७३÷०७४ मा १ अर्ब ४५ करोड नाफामा गयो । दोस्रो वर्ष त्यसैगरी २०७४÷०७५ मा २ अर्ब ८५ करोड, तेस्रो वर्ष २०७५÷०७६ मा नौ अर्ब ९१ करोड र तेस्रो वर्ष २०७६÷०७७ मा ११ अर्ब खुदनाफा कमाउन प्राधिकरण सफल भई निरन्तर नाफामा प्राधिकरण गएपछि सञ्चित घाटाको ब्याजसहित ३५ अर्ब भुक्तानी दिन प्राधिकरण सफल भयो । घिसिङले विद्युत प्राधिकरण सम्हाले पश्चात घाटामा गईरहेको प्राधिकरणलाई ऋणमुक्त गराउनुको साथै लोडसेडिङको अन्त्य, प्राधिकरणलाई नाफामा पु¥याएको, विद्युत चुहावटमा नियन्त्रण ल्याएको, रूग्ण योजनाहरू सम्पन्न गरेको, प्रशारण लाइन विस्तार ग्रामीण विद्युतीकरण, अन्तरदेशीय विद्युत व्यापार विस्तार लगायतका लोकप्रिय कामहरू कुलमान घिसिङले गरेका थिए ।
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





