उज्यालोका नायक कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणमा नियुक्त

२०७८ श्रावण २७ गते, बुधबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले घिसिङलाई पुन प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
लोडसेडिङको अन्त्य लगायत विद्युत प्राधिकरणमा विभिन्न सुधारका जनप्रिय कार्यक्रमहरु गर्दै ४ वर्ष कार्यकाल पूरा गरी २९ भदौ २०७७ मा उज्यालोको नायक कुलमान घिसिङको विदाई भएको थियो ।
व्यक्तिगत हठ, पार्टी नीति, विधि र थिति विपरित सीमित व्यक्तिहरुको पर्खाल बनाएर चौघेरामा रमाएर विधि विधानलाई तिलाञ्जली दिने ओली सरकारकै पालामा आम जनताको जनचाहना विपरित हजारौं जनता कुलमानको कार्यकाल थपको लागि सडकमा ओर्लेर आवाज उठाउँदा पनि बेवास्ता गर्दै कुलमान घिसिङलाई विदाई गरेका थिए ।
झण्डै एक वर्ष अघि घिसिङको कार्यकाल पूरा भएपछि तत्कालीन केपी ओली सरकारले प्राधिकरणको कार्यकारी निर्देशक बनाएका हितेन्द्रदेव शाक्यको काम सन्तोषजनक नभएको ठहर सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा देउवा सरकारले शाक्यलाई हटाउने तयारीका साथ सिंचाइ, जलस्रोत तथा ऊर्जा मन्त्री पम्फा भुषाललाई ठाडो निर्देशन दिएको छ । शाक्यले भने घरि आफू ४ वर्षे कार्यकालको लागि नियुक्ति भएकोले राजीनामा नदिने बताउने गरेका छन् भने घरि सरकारले तोकेको उपयुक्त ठाउँमा जान तयार रहेको बताउने गरेका छन् । आम जनता भने पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्रागमनको चर्चाले धेरै खुशी देखिएका छन् । घिसिङले आफ्नो विगतको कार्यकालमा देशलाई लोडसेडिङ मुक्त मात्र पारेनन् । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको आगमन हुँदा आर्थिक वर्ष २०७२÷०७३ मा प्राधिकरणको संचित घाटा ३४ अर्ब ६१ करोड रूपैयाँ थियो । कुलमानले जिम्मेवारी सम्हालेकै वर्ष विद्युत चुहावट नियन्त्रण गर्दै २०७३÷०७४ मा १ अर्ब ४५ करोड नाफामा गयो । दोस्रो वर्ष त्यसैगरी २०७४÷०७५ मा २ अर्ब ८५ करोड, तेस्रो वर्ष २०७५÷०७६ मा नौ अर्ब ९१ करोड र तेस्रो वर्ष २०७६÷०७७ मा ११ अर्ब खुदनाफा कमाउन प्राधिकरण सफल भई निरन्तर नाफामा प्राधिकरण गएपछि सञ्चित घाटाको ब्याजसहित ३५ अर्ब भुक्तानी दिन प्राधिकरण सफल भयो । घिसिङले विद्युत प्राधिकरण सम्हाले पश्चात घाटामा गईरहेको प्राधिकरणलाई ऋणमुक्त गराउनुको साथै लोडसेडिङको अन्त्य, प्राधिकरणलाई नाफामा पु¥याएको, विद्युत चुहावटमा नियन्त्रण ल्याएको, रूग्ण योजनाहरू सम्पन्न गरेको, प्रशारण लाइन विस्तार ग्रामीण विद्युतीकरण, अन्तरदेशीय विद्युत व्यापार विस्तार लगायतका लोकप्रिय कामहरू कुलमान घिसिङले गरेका थिए ।

105 Views

ताजा

झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो

२०७९ श्रावण २९ गते, आईतवार

झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो

२०७९ श्रावण २९ गते, आईतवार

धमाधम उठ्न थाल्याे राजधानीको फो,होर

२०७९ श्रावण २९ गते, आईतवार

साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !

२०७९ श्रावण २९ गते, आईतवार

म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, बि,रामी भएँ भने उपचारका लागि म मेरो घर बे,च्न पाउँदिनँ : (ओली)

२०७९ श्रावण २९ गते, आईतवार

कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?

२०७९ श्रावण २९ गते, आईतवार

कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने

२०७९ श्रावण २९ गते, आईतवार

चरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे

२०७९ श्रावण २९ गते, आईतवार

नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

२०७९ श्रावण २९ गते, आईतवार

डाक्टरले मृ,त घोषणा गरेका बालकले आँ,सु झारेको दाबी, अस्पतालमा त,नाव

२०७९ श्रावण २८ गते, शनिबार

निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई ब,लात्कार

२०७९ श्रावण २८ गते, शनिबार

लोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला

२०७९ असार २२ गते, बुधबार

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?

२०७९ असार १८ गते, शनिबार

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …

२०७९ जेष्ठ ३० गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal