सधैं राहत बाँडिरहने कुँवर को हुन् ?

२०७८ श्रावण २५ गते, सोमबार

काठमाडौं । हजुरलाई नमस्ते परोपकारी अभियानका संयोजक समाजसेवी ताराबहादुर कुँवरले आज पनि लकडाउनपीडितलाई राहत वितरण गरेका छन् ।
उनले केही दिन अघि कीर्तिपुरको पाँगा पुगेर १० जना दृष्टिविहीनलाई राहत स्वरुप चामल, दाल, साबुनलगायतका सामग्री वितरण गरेका हुन् । दृष्टिविहीनहरुमध्ये धेरैजसो डान्स वार र दोहोरीमा बेलुकी गीत गाएर जीवनयापन गर्दै आएका थिए । कोरोनाको कारण उनीहरुको काम बन्द भएपछि उनीहरु संकटमा परेका थिए । उनले आफ्नै निजी निवासमा पनि कोरोना संक्रमणका कारण भएको लकडाउन र त्यसबाट प्रभावित अन्य ९ जनालाई पनि राहत उपलब्ध गराएका छन् ।
हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका निवर्तमान अध्यक्ष उनले गत वर्षदेखि अहिलेसम्म २५ सयभन्दा बढीलाई राहत बाँडिसकेका छन् । ‘कीर्तिपुरमा बसोबार गर्ने केही व्यक्तिलाई समस्या भएको थाहा पाएँ अनि आफैं त्यहाँ सम्पर्क गरेर गएँ र राहत बाँडेर आएँ’ उनले भने ‘लकडाउन केही खुकुलो भएको छ तर पनि अझै पनि धेरै मानिसलाई दैनिकी चलाउन गाह्रो भएको छ, यस्तो बेलामा भूमिका खेलेको हुँ ।’ कँुवरलाई कीर्तिपुरमा दृष्टिविहीन अर्जुन बोहोराले समन्वय गरेका थिए ।
उनले आफ्नो गाउँ काभ्रेको भुम्लु पुगेर पटकपटक राहत तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरेका छन् । उनले धेरैपटक चिकित्सकको टोलीलाई लगेर समेत स्थानीयको स्वास्थ्य चेकजाँच गराएका छन् । उनले केही समय रक्तदान अभियान पनि चलाएका थिए । ‘मसँग धेरै भएर बाँडेको होइन तर मेरो मन छ, बाँचुञ्जेल केही गरेर देखाउँ भन्ने हो ’ उनले भने ‘समाजसेवा गर्न पाउँदा मन पनि खुशी हुन्छ र पीडितलाई थोरै भए पनि राहत मिल्छ ।’
उनले आगामी दिनमा पनि निरन्तर यस्तो अभियान चलाइरहने जनाएका छन् । उनले कोरोनाका विरामीलाई उपचारको लागि अक्सिजन अभाव हुँदा अक्सिजन सिलिण्डर पनि खोजिदिएका थिए ।

482 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal