सधैं राहत बाँडिरहने कुँवर को हुन् ?

२०७८ श्रावण २५ गते, सोमबार

काठमाडौं । हजुरलाई नमस्ते परोपकारी अभियानका संयोजक समाजसेवी ताराबहादुर कुँवरले आज पनि लकडाउनपीडितलाई राहत वितरण गरेका छन् ।
उनले केही दिन अघि कीर्तिपुरको पाँगा पुगेर १० जना दृष्टिविहीनलाई राहत स्वरुप चामल, दाल, साबुनलगायतका सामग्री वितरण गरेका हुन् । दृष्टिविहीनहरुमध्ये धेरैजसो डान्स वार र दोहोरीमा बेलुकी गीत गाएर जीवनयापन गर्दै आएका थिए । कोरोनाको कारण उनीहरुको काम बन्द भएपछि उनीहरु संकटमा परेका थिए । उनले आफ्नै निजी निवासमा पनि कोरोना संक्रमणका कारण भएको लकडाउन र त्यसबाट प्रभावित अन्य ९ जनालाई पनि राहत उपलब्ध गराएका छन् ।
हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका निवर्तमान अध्यक्ष उनले गत वर्षदेखि अहिलेसम्म २५ सयभन्दा बढीलाई राहत बाँडिसकेका छन् । ‘कीर्तिपुरमा बसोबार गर्ने केही व्यक्तिलाई समस्या भएको थाहा पाएँ अनि आफैं त्यहाँ सम्पर्क गरेर गएँ र राहत बाँडेर आएँ’ उनले भने ‘लकडाउन केही खुकुलो भएको छ तर पनि अझै पनि धेरै मानिसलाई दैनिकी चलाउन गाह्रो भएको छ, यस्तो बेलामा भूमिका खेलेको हुँ ।’ कँुवरलाई कीर्तिपुरमा दृष्टिविहीन अर्जुन बोहोराले समन्वय गरेका थिए ।
उनले आफ्नो गाउँ काभ्रेको भुम्लु पुगेर पटकपटक राहत तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरेका छन् । उनले धेरैपटक चिकित्सकको टोलीलाई लगेर समेत स्थानीयको स्वास्थ्य चेकजाँच गराएका छन् । उनले केही समय रक्तदान अभियान पनि चलाएका थिए । ‘मसँग धेरै भएर बाँडेको होइन तर मेरो मन छ, बाँचुञ्जेल केही गरेर देखाउँ भन्ने हो ’ उनले भने ‘समाजसेवा गर्न पाउँदा मन पनि खुशी हुन्छ र पीडितलाई थोरै भए पनि राहत मिल्छ ।’
उनले आगामी दिनमा पनि निरन्तर यस्तो अभियान चलाइरहने जनाएका छन् । उनले कोरोनाका विरामीलाई उपचारको लागि अक्सिजन अभाव हुँदा अक्सिजन सिलिण्डर पनि खोजिदिएका थिए ।

466 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal