स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त नगरे आमरण अनशन बस्ने डा.केसीको घोषणा

२०७८ श्रावण २२ गते, शुक्रबार

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाईको राजिनामा लगायतका माग राखेर डा. गोविन्द केसीले अनसन सुरु गर्ने भएका छन् ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सार्दै माग पुरा नभए अनशन बस्ने घोषणा गरेका हुन् । आफ्ना माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले घोषणा गरेका छन् ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने केसीको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने माग राखेका छन् ।
डा. केसीको मागपत्रमा भनिएको छ, ‘हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा र्डोयाउने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन ।

301 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal