बुद्धकालीन नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने

२०७८ श्रावण १७ गते, आईतवार

केके मानन्धर
काठमाडौं । युवा निर्देशक अभय डंगोलको निर्देशन रहने ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा चलचित्र निर्माण गर्न लागेको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् ।
शुक्रबार मध्यपुर थिमिमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल कथाबस्तुका लेखकबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
‘चलचित्रलाई आउँदो दसैं र तिहारकोबीचमा शुभमुहूर्त गर्नेछौं ।’ कार्यक्रमको दौरान निर्माता सुरेन्द्र श्रेष्ठले जनाए । ऐतिहासिक कथाबस्तुलाई युवादेखि बृद्धावस्थाका दर्शकको रुचि बमोजिम निर्माण गर्ने योजना समेत श्रेष्ठले सुनाए । सोही अनुरूप एनिमेसन, भिएफएक्स तथा प्राविधिक रूपमा अब्बल बनाउनेदेखि कलाकारहरूको अडिसन लिने सम्मको तयारी भइरहेको छ ।
‘बुद्धको जन्म नेपालमा भएको थियो । तर यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा गलत प्रचार भइरहेको छ । नेपाली भाषामै निर्माण हुने सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित अंगुलीमाल चलचित्रले यो भ्रमलाई चिर्नेछ । देशविदेशमा फिल्म प्रदर्शनी हुँदा यसले सकारात्मक सन्देश दिनेछ ।’ निर्देशक डंगोलको दाबी थियो ।
हुनपनि छिमेकी देश भारतले सिद्धार्थ गौतम बुद्धको जन्मस्थानको विषयमा भ्रमपूर्ण प्रचार गरेकोलाई अंगुलीमाल चलचित्रले चिर्ने विश्वास गर्न सकिन्छ । सिद्धार्थ गौतमले तत्कालीन भारतवर्ष अन्तर्गत बोधगयामा बुद्धत्व प्राप्त गरेपनि बुद्धको जन्मथलो आधुनिक नेपालको लुम्बिनी हो । संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले समेत बुद्धको जन्मस्थान बारे निर्विवाद नेपाल नै भएको जनाएको छ । निर्देशक डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने भएकोले फिल्मको प्रि–प्रोडक्सन, प्रोडक्सन तथा पोस्ट प्रोडक्सन गर्न करिव दुई वर्ष लाग्ने बताए ।
कार्यक्रममा शिक्षासेवी तथा चलचित्रको लागि कथाबस्तु तयार गरेका रामेश्वर भुजूले अंगुलीमाललाई चलचित्रको पर्दामा उतार्न स्वीकृति दिएको जताए । ‘हिन्दी लगायत धेरै भाषामा उनीहरूकै शैलीमा चलचित्र बनेका छन् । तर नेपालमा जन्मिएका बुद्धको कथाबस्तुलाई नेपाली शैलीमा बनाउन सकिरहेको थिएन । अब बन्ने अंगुलीमालले त्यो अभावलाई पूर्ति गर्न लागेको छ । यो सुखद संयोग हो ।’ भुजूको भनाइ थियो ।
कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, चलचित्र निर्माण कम्पनीका कानुनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक ईन्द्रकृष्ण श्रेष्ठ लगायतका वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।

316 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal