बुद्धकालीन नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने
केके मानन्धर
काठमाडौं । युवा निर्देशक अभय डंगोलको निर्देशन रहने ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा चलचित्र निर्माण गर्न लागेको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् ।
शुक्रबार मध्यपुर थिमिमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल कथाबस्तुका लेखकबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
‘चलचित्रलाई आउँदो दसैं र तिहारकोबीचमा शुभमुहूर्त गर्नेछौं ।’ कार्यक्रमको दौरान निर्माता सुरेन्द्र श्रेष्ठले जनाए । ऐतिहासिक कथाबस्तुलाई युवादेखि बृद्धावस्थाका दर्शकको रुचि बमोजिम निर्माण गर्ने योजना समेत श्रेष्ठले सुनाए । सोही अनुरूप एनिमेसन, भिएफएक्स तथा प्राविधिक रूपमा अब्बल बनाउनेदेखि कलाकारहरूको अडिसन लिने सम्मको तयारी भइरहेको छ ।
‘बुद्धको जन्म नेपालमा भएको थियो । तर यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा गलत प्रचार भइरहेको छ । नेपाली भाषामै निर्माण हुने सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित अंगुलीमाल चलचित्रले यो भ्रमलाई चिर्नेछ । देशविदेशमा फिल्म प्रदर्शनी हुँदा यसले सकारात्मक सन्देश दिनेछ ।’ निर्देशक डंगोलको दाबी थियो ।
हुनपनि छिमेकी देश भारतले सिद्धार्थ गौतम बुद्धको जन्मस्थानको विषयमा भ्रमपूर्ण प्रचार गरेकोलाई अंगुलीमाल चलचित्रले चिर्ने विश्वास गर्न सकिन्छ । सिद्धार्थ गौतमले तत्कालीन भारतवर्ष अन्तर्गत बोधगयामा बुद्धत्व प्राप्त गरेपनि बुद्धको जन्मथलो आधुनिक नेपालको लुम्बिनी हो । संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले समेत बुद्धको जन्मस्थान बारे निर्विवाद नेपाल नै भएको जनाएको छ । निर्देशक डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने भएकोले फिल्मको प्रि–प्रोडक्सन, प्रोडक्सन तथा पोस्ट प्रोडक्सन गर्न करिव दुई वर्ष लाग्ने बताए ।
कार्यक्रममा शिक्षासेवी तथा चलचित्रको लागि कथाबस्तु तयार गरेका रामेश्वर भुजूले अंगुलीमाललाई चलचित्रको पर्दामा उतार्न स्वीकृति दिएको जताए । ‘हिन्दी लगायत धेरै भाषामा उनीहरूकै शैलीमा चलचित्र बनेका छन् । तर नेपालमा जन्मिएका बुद्धको कथाबस्तुलाई नेपाली शैलीमा बनाउन सकिरहेको थिएन । अब बन्ने अंगुलीमालले त्यो अभावलाई पूर्ति गर्न लागेको छ । यो सुखद संयोग हो ।’ भुजूको भनाइ थियो ।
कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, चलचित्र निर्माण कम्पनीका कानुनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक ईन्द्रकृष्ण श्रेष्ठ लगायतका वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





