प्रदेश प्रमुख दलको होइन, देशको होः डा.अहिराज
काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर कामको सुरूवात गरेका हुन् । जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा कार्य थालनी गरेकोले शिरमा देश र मन मधेशमा राखेर गर्ने उनको प्रतिबद्धता छ । ‘देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज, जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ, त्यसैले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ,’ पदभार ग्रहण गर्दाखेरि नै भनेका थिए ।
उनले प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यकतामाथि जोड दिँदै आएका छन् । देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाइ छ ।
पदभार ग्रहण गर्दै उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पु¥याउने कुरामा विशेष जोड दिँदै आएका छन् । ‘नागरिकको जीवन रक्षाभन्दा ठूलो मेरो कुनै जिम्मेवारी छैन’, उनले भने,‘मेरो लागि नागरिकको ज्यान ठूलो हो । कार्यक्रम हाइन । मैले सडकमा उपचारका लागि छटपटिएकाहरुलाई बचाउन पाए त्यही नै ठूलो कुरा हो ।’
चन्द्रनिगाहपुर–लमाहाको बीचमा पर्ने लच्का नजिकै ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मकवानपुर झझली गाउँपालिका २ का सुरज पहरी, पर्सा गढी नगरपालिका ३ का जीतबहादुर पहरी, सर्लाही मंलगवा नगरपालिका ८ का विकास यादव र उनका श्रीमती चित्ररेखा यादव घाइतेलाई प्रमुख अहिराजले गाडीमा आफ्नो सुरक्षाकर्मी साथै पठाएर चन्द्रपुर अस्पतालमा उपचार गराएका थिए । घाइतेलाई उपचारका लागि पठाएपछि मात्र उनी घटनास्थलबाट हिँडेका थिए । त्यसैगरी, कर्णाली प्रदेश भ्रमणको क्रममा ट्याक्टर दुर्घटनामा घाइते भएका चालकलाई समेत उद्धार गरी अस्पतालमा पु¥याएका थिए ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





