राजनीतिमा सबै मान्छे खराव छन् भन्ने सोच बदल्न जरुरी छ– कांग्रेस नेता सुनार

२०७८ असार १९ गते, शनिबार

रोशन ज्ञवाली
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु सुनारले राजनीतिलाई पेशाजस्तो बनाएकोमा आपत्ति जनाएका छन् । नेपाल दलित विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत रहेका काठमाडौं ३ का महाधिवेशन प्रतिनिधि सुनारले राजनीतिमा देखिएको विकृतिले जनतामा राजनीतिप्रति गलत सोच हावी भएकोमा चिन्ता व्यक्त गरे । ‘राजनीति भनेको समाजसेवाका लागि हो तर यहाँ पनि नियत खराव भएका मान्छेको प्रवेश भएकाले व्यापारजस्तो रुपमा जनताले बुझे’ उनले भने ‘राजनीतिमा देखिएको विकृति, विसंगतिको अन्त्य गरेर यसलाई विशुद्ध समाजसेवा नै हो है भनेर प्रमाणित गर्नु अहिलेको चुनौती हो ।’ उनले राजनीतिमा सबै मानिस खराव मानिस नभएको तर केही मानिसको स्वभावका कारण जनताले आलोचना गर्ने बाटो पाएको स्विकारे ।
गत महाधिवेशनमा यो क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका उनी राजनीति र समाजसेवालाई सँगसँगै लिएर अघि बढेका छन् । ‘अरु मानिस राजनीतिलाई जोड दिएको भन्छन् र आफ्नो स्वार्थका मात्र कुरा बढी गर्न सक्छन्, म भने समाजसेवाबाट बचेको समय राजनीतिमा लगाउँछु’ उनी भन्छन् ‘राजनीतिले जनताको मन जित्न सकिएन भने नेता भनेर मात्र सडकमा कुद्नुको कुनै अर्थ छैन, जबसम्म राजनीतिक कर्मीलाई जनताले पत्याउँदैनन् उसले राजनीतिबाट सन्यास लिए हुन्छ ।’
१३ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि भएको दाबी गरिरहेका उनले कोरोना भाइरसको कारण गत वर्ष भएको लकडाउन र यसपालि पनि गरी झण्डै ५ हजारलाई राहतस्वरुप चामल, दाल, चिनी, नुनलगायतका आवश्यक सामग्रीका साथै स्वास्थ्य सामग्री पनि वितरण गरेका छन् । उनले आफूलाई राजनीति गर्ने मान्छे भनाउन पनि आफ्नो दायित्व समाजप्रति रहेकोले त्यही लक्ष्य पूरा गरेको बताएका छन् । सुनार नै अध्यक्ष रहेको दुइवटा संस्था माइटी गरुडा च्यारिटेवल ट्रष्ट र दलित विद्यार्थी संघको आयोजनामा काठमाडौको जोरपाटीमा सहयोग केन्द्र स्थापना गरेर राहत बाँडिएको हो । उनले कार्यालयमा राहत लिन आउन नसकेकालाई घरै लगेर हस्तान्तरण गरेको पनि स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन आउँदै गर्दा उनले पार्टीमा देखिएका आन्तरिक कमी कमजोरीलाई सच्याएर कांग्रेस अघि बढ्नुपर्ने बताए । ‘राजनीति गर्ने अधिकार सबैलाई छ तर राजनीतिलाई दुषित बनाउने गरी कसैले पनि काम गर्नु भएन, मेरो यही आग्रह छ’ उनले भने ‘ कांग्रेसभित्र आपसमा जुधेर जानुपर्ने छैन, महाधिवेशनमा धेरै पद सिर्जना भएकाले स्वच्छ प्रतिस्पर्धा गरेर आफूलाई अब्बल सावित गर्नेतिर लागौं ।’ उनले यूवाको विचार र भावनालाई समेट्ने खालको कांग्रेस आजको आवश्यकता भएको स्पष्ट पारेका छन् ।

306 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal