अब खोप लगातार आउँछः प्रधानमन्त्री ओली

२०७८ असार १९ गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने बताउनु भएको छ ।
शनिबार काठमाडौं​​​​​​मा आयोजित समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले खोप अभियान निरन्तर चल्ने बताउनुभयो । कार्यक्रममा उहाँले केही समय अघि खोप पाउन समस्या भए पनि निरन्तरको प्रयास र मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताउनुभयो ।
‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उहाँले भन्नुभयो, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’
प्रधानमन्त्री ओलीले खोपको शुनिश्चिता गरिएपनि खोप भण्डार तथा लगाउने तयारी कमजोर रहेकाले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने बताउनुभयो । ‘हामी जतिसक्दो चाँडो सबै नागरिकहरुलाई खोप लगाउने छौ’प्रधानमन्त्रीको भनाई थियो ।
सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्री ओलीले खोप आउन थालेपछि थप सुरक्षित हुने बताउनुभयो ।

344 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal