पोर्न भिडियो बनाएको आरोप लागेकी बलिउड अभिनेत्री गहना जेलबाट छुटिन्

२०७८ असार ७ गते, सोमबार

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठ धरौटीमा जेलबाट छुटेकी छिन् । उनलाई अश्लिील फिल्म बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको आरोपमा मुम्बइ क्राइम ब्रान्चको प्रोपर्टी सेलले गिरफ्तार गरेको थियो । तीन जनाले आफूहरुमाथि पोर्न भिडियो बनाउन दबाब दिइएको भन्दै उजुरी दिएपछि गहनालाई ६ फेब्रुअरीमा पक्राउ गरिएको थियो ।
एक समाचार पोर्टलसँग कुरा गर्दै मुम्बइ पुलिसका एक बरिष्ठ अधिकारीले गहनाले ८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको बताएका थिए । यी भिडियो हेर्न सब्सक्राइब गर्नुपर्छ जसवापत २ हजार रुपैयाँ तिर्नुपर्छ । ३२ वर्षकी गहनाको वास्तविक नाम वन्दरा तिवारी हो । उनले भोपालबाट रोबोटिक साइन्समा इन्जिनियरिङ गरेकी छिन् ।
गहना स्टार प्लसको शो बहनों मा मुख्य भूमिकामा देखिएकी थिइन् । २०१२ मा गहनाले मिस एसिया बिकिनी कन्टेस्ट जितेकी थिइन् । यसका अलावा विगत ६ वर्षमा उनले दक्षिण भारतका ३० भन्दा धेरै फिल्ममा काम गरिसकेकी छिन् । गहनाले अल्ट बालाजीको वेब सिरिज गंदी बात तथा उल्लुका वेब सिरिजमा काम गरेकी छिन् ।
पाँच महिनाको प्रयासपछि धरौटीमा छुटेकी गहना देशबाहिर जान भने पाउने छैनन् । यो अवधि उनी भायखाल जेलमा थिइन् । गत महिना कोरोना संक्रमणबाट ठिक भएकी उनलाई स्टेक भएको थियो । गहनाले संघर्ष गरिरहेका अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो बनाउँथिन् ।

365 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal