यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको ज्योति जाने खतरा
एजेन्सी
भिटामिन सी शरीरका लागि निकै आवश्यक छ । महिलालाई एक दिनमा ७५ मिलिग्राम जबकी पुरुषलाई ९० मिलिग्राम भिटामिन सीको आवश्यकता पर्छ । हाम्रो शरीरले न त आफैंले भिटामिन सी बनाउन सक्छ न नै यसलाई सञ्चित गर्न सक्छ नै । त्यसैले यसको कमी पूरा गर्नका लागि खानामा हरेक दिन भिटामिन सी लिन आवश्यक छ ।
कसलाई हुन्छ भिटामिन सीको कमी रु
खराब खानपिन शैली अपनाउने, मृगौलाकमा रोगी, असाध्यै धेरै चुरोट र रक्सी पिउनेहरुमा भिटामिन सीको असाध्यै कमी हुन्छ । शरीरमा भिटामिन सी असाध्यै कम हुँदा केही विशेष लक्षण देख्न पाइन्छ ।
घाउ ढिलो निको हुनुः
चोट लाग्दा रगत र तन्तुमा हुने भिटामिन सीको स्तर निकै कम हुन्छ । शरीरलाई कोलेजन बन्नका लागि यसको आवश्यकता पर्छ । कोलेजन एक प्रकारको प्रोटिन हो जसले छालाको मर्मत गर्ने काम गर्छ । भिटामिन सीले न्यूट्रोफिललाई पनि मद्दत पुर्याउँछ । न्यूट्रोफिल सेतो रक्त कोसिका हुन् जसले संक्रमणसँग लड्न सघाउ पुर्याउँछ । भिटामिन सीको कमी हुँदा शरीरले यी सबै आवश्यक तत्व पाउन सक्दैन जसका कारण घाउ निको हुन निकै समय लाग्छ ।
दाँतबाट रगत आउनु, नाकबाट रगत बग्नुः
भिटामिन सीले रक्त वाहिकालाई स्वस्थ राख्छ । दाँत र गिजा बलियो हुनका लागि पनि कोलेजन आवश्यक पर्छ । एक शोधका अनुसार गिजाको रोग भएका जुन व्यक्तिले २ हप्तासम्म अंगुर खाए, उनीहरुको दाँतबाट रगत निस्कन बन्द भयो । यसबाहेक नाकबाट बारम्बार रगत आउनु पनि भिटामिन सीको कमीको संकेत हुनसक्छ ।
तौल बढ्नुः
थुप्रै अनुुसन्धानमा भिटामिन सीको कम स्तर र तौल बढ्दै गरेको बीच एक प्रकारको सम्बन्ध पाइएको छ । विशेषगरी पेटको बोसोमा । यस्तै पर्याप्त मात्रामा भिटामिन सी पाउँदा शरीरको बोसो ऊर्जामा परिणत हुन्छ ।
रुखो, चाउरी परेको छालाः
भिटामिन सीको कमीले छाला रुखो हुन्छ । यसबाहेक छाला चाउरी पर्नुका साथै डण्डीफोर पनि आउने गर्छ । यस्तै, जो मानिसहरु भिटामिन सीयुक्त खानेकुराको सेवन गर्नुहुन्छ उनीहरुको छाला चिल्लो र मुलायम हुन्छ । भिटामिन सी एउटा एन्टीअक्सिडेन्ट हो जसले छालालाई फ्री रेडिकल्सबाट जोगाउन मद्दत गर्छ ।
थकान र चिडचिडापनः
भिटामिन सीको कमीले जतिबेला पनि थकान र चिडचिडापन महसुस हुन्छ । १४१ व्यक्तिमाथि गरिएको एक अनुसन्धानमा भिटामिन सीको कमीले यीमध्ये धेरैलाई थकाई लागेको थियो । तर भिटामिन सी दिएको केही घण्टाभित्रै उनीहरुलाई आराम महसुस भएको थियो । यद्यपि, थकान र चिडचिडापनका अन्य पनि थुप्रै कारण हुनसक्छन् ।
कमजोर प्रतिरोधीः
भिटामिन सीको कमीले प्रतिरोधी क्षमता कमजोर हुने गर्छ । प्रतिरोधी क्षमता कमजोर ह्ँदा तपाईं बारम्बार बिरामी पर्न सक्नुहुन्छ वा निको हुन धेरै समय लाग्न सक्छ । केही शोधका अनुसार भिटामिन सी निमोनिया र मूत्राशय संक्रमणजस्ता रोगबाट बचाउने काम पनि गर्छ । यसका साथै यसले मुटु रोग र केही प्रकारको क्यान्सरको आशंकालाई पनि कम गर्न सक्छ ।
आँखा कमजोर हुनुः
यदि तपाईंको आँखा उमेरसँगै कमजोर भइरहेको छ भने भिटामिन सी र अन्य एन्टीअक्सिडेन्टको कमीले यो थप खराब हुनसक्छ । खानामार्फत् भिटामिन सी प्राप्त गर्दा मोतीबिन्दुको सम्भावना कम हुन्छ ।
स्कर्भी रोगः
भिटामिन सीको कमीले थुप्रै मानिसहरुलाई स्कर्भी रोग पनि लाग्ने गर्छ । यसका कारण बिरामीमा कमजोरी, थकान, दाँत हल्लिनु, कमजोर नङ, जोर्नी दुखाई र कपाल झर्नेजस्ता समस्या हुन थाल्छ । शरीरमा भिटामिन सीको मात्रा बढ्दा यी लक्षणमा कमी आउन थाल्छ ।
भिटामिन सी युक्त खानेकुराः
सन्तुलित खानामार्फत् यसको कमी सजिलै पूरा गर्न सकिन्छ । आफ्नो खानामा सुन्तला, कागती, पालुङ्गो, किवी, अमला र ब्रोकली पक्कै पनि समावेश गर्नुहोस् ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





