हराएकी मायाको खोजी गरिदिन परिवारको आग्रह

२०७८ जेष्ठ २८ गते, शुक्रबार


काठमाडौं । ८ दिनदेखि हराएकी माया गुरुङ भनिने रितु थापाको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।
काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी गुल्मीको सिसाखानी ९ की उनी जेष्ठ २१ देखि सम्पर्कविहीन छिन् । वडा नम्वर ३ पार्क भिलेज नजिकै शान्ता कुँवरको घरमा डेरा गरी बस्ने उनी हराएपछि कुँवरले नै हराएको अर्को दिन महानगरीय प्रहरी प्रभागमा खोजतलास गरिदिनुहुन भनी निवेदन दिएका थिए । प्रभागका प्रहरी निरीक्षक राजकुमार तामाङले हराएकी मायाको खोजी भइरहेको जनाए । ‘हामीले उपत्यकाका सबै प्रहरी कार्यालयमा खोजतलासको लागि जानकारी गराइसकेका छौं’ प्रहरी निरीक्षक तामाङले भने ‘हराएकाको मोवाइल सम्पर्कमा आएकासँग पनि सोधखोज हुँदैछ, त्यति धेरै जनासँग मोवाइल सम्पर्क गरेको देखिएको छैन ।’ तामाङले हराएकी मायाको हुलियासहित अन्य जिल्ला र क्षेत्रहरुमा पनि परिपत्र गरिएको र आफ्नो तर्फबाट पनि अनुसन्धान र खोजी भइरहेको स्पष्ट पारेका छन् । सामान्य लेखपढ गरेकी, गहुँगोरी, अन्दाजी ५ फिट उचाइकी उनी घरबाट निस्किँदा कालो सुरुवाल र खैरो टी सर्ट लगाएको हुन सक्ने अनुमान छ ।
नागरिकता अनुसार ३१ वर्षकी मायाका दुई छोरी रहेका छन् । उनी सम्पर्कविहीन भएपछि परिवारले आफन्तकोमा समेत खोजी गरेको छ । कतै पनि फेला नपरेपछि सामाजिक सञ्जालमार्फत पनि परिवारले खोजी गरिदिन र कतै फेला परेमा ९८६७५६४३६५ मिलन, ९८४९००६५९० शान्ता, ९८६७५८७५५१ चन्द्रा, ९८४४८२१५३५ ललित लाई जानकारी दिनुहुन सर्वसाधरणलाई आग्रह गरेको छ

458 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal