धनी हुने सबैभन्दा सजिलो तरिकाः यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्
एजेन्सी
मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलियो र परिपक्व बनाउनुपर्छ । हालै गरिएका केही अनुसन्धानले पैसासम्बन्धि मामलाले मानिसहरुको यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ । यस्तो दबाबबाट कसरी बच्ने, यसबारे जानकारी लिऔं ।
तपाईंको जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम रु यदि यस्तो प्रश्न सोधिए सायद जवाफ दिन सक्नुहुन्नँ होला । जीवनमा दुबैको आ–आफ्नै महत्व छ । यी दुबै जीवनमा अत्यावश्यक छन् । पैसा बिनाको प्रेम समयअगावै चाउरिन सक्छ र धेरै पैसा कमाउने लोभमा कसैलाई सम्बन्धबाट टाढा लैजान सक्छ ।
अमेरिकामा हालै भएको नर्थवेस्टर्न म्युचुअलले आफ्नो एक अध्ययनमा वयस्कमा तनाव र दबाबको मुख्य कारण पैसा नै भएको बताएको छ । यसको सबैभन्दा नकारात्मक प्रभाव उनीहरुको सम्बन्धमा परिरहेको छ । यो अनुसन्धानमा संलग्न १० दम्पत्तीमध्ये चारले पैसाका कारण सम्बन्धमा खटपट भइरहेको स्विकारेका छन् ।
चुप बस्नु खतरनाकः
यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र क्लिनिकल साइकोलोजिस्ट पाओ आल्टो भन्छन्, ‘मानिसहरु आर्थिक चिन्ता र भविष्यबारे यति धेरै सोच्छन् कि उनीहरु आफ्नो वरिपरि भएका राम्रो कुराहरुको पनि आनन्द लिन सकिरहेका हुँदैनन् ।’
उनका अनुसार मानिसहरु धेरै कमाउने लोभमा धेरै बेरसम्म अफिसमा बस्न बाध्य हुन्छन् र जब घर पुग्छन् शारिरिक रुपमा थाकिसकेका हुन्छन् । उनीहरुको सबै ऊर्जा भविष्यको योजना र ओभरटाइममै बित्छ । आफ्नो पार्टनरलाई प्रेम गर्न र कुराकानी गर्नसमेत भ्याउँदैनन् ।
काम, पैसा र यौन यी तीनै विषय जीवनका निकै संवेदनशील पाटा हुन् जसबारे कुरा गर्न सजिलो छैन । थुप्रै दम्पत्ती यसबारे कुरा गर्न रुचाउँदैनन् । उनीहरुलाई लाग्छ कि यसबारे कुरा गर्दा आपसी कटुता पैदा हुनेछ । उनीहरु आफ्नो भावनालाई दबाउन थाल्छन् तर भित्रभित्रै चिन्तित रहन्छन् । यसको सिधा असर बेडरुममा पर्छ । फलस्वरुप उनीहरु प्यासिभ एग्रेसिभ हुन्छन् र यौनसम्बन्ध स्थापित नगर्नका लागि बहाना बनाउन थाल्छन् । पार्टनरसँग कुनै पनि प्रकारको असन्तुष्टिको असर सेक्स सम्बन्धमा धेरै देखिने गरेको विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।
हर्मोन्सको नकारात्मक असरः
विशेषज्ञको मान्यता यो छ कि तनावको स्थितीमा शरिरको स्नायु प्रणालीले ‘फाइट वा फ्लाइट ९लड्ने र भाग्ने० प्रतिक्रिया दिन्छ । यसमा कार्टिसोल र एपिनेफ्रेनजस्ता स्ट्रेस हर्मोन्सको श्राव बढ्छ । यद्यपी, यी नकारात्मक हर्मोन होइनन् तर जब यी लगातार रिलिज हुनथाल्छन् तब स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । उदाहरणका लागि कार्टिसोलले सेक्स हर्मोनलाई दबाउन थाल्छ ।
पैसाको महत्वः
विभिन्न अनुसन्धान र अध्ययनले बताउँछन् कि संसारका थुप्रै देशका मानिसहरु यस्ता स्थितीसँग जुधिरहेका हुन्छन् । थुप्रै अनलाइन सर्वेमा पनि जोडीले स्विकारेका छन् कि यदि उनीहरुसँग धेरै पैसा भएको भए वा आर्थिक रुपमा सक्षम भएको भए उनीहरुको व्यक्तिगत जीवन पनि राम्रो हुने थियो ।
पुस्तक ‘द बैंक अन योरसेल्फ रिभोलुशन’ मा आर्थिक स्तर र आपसी सम्बन्ध बीचको तालमेललाई बुझ्नका लागि लेखकले थुप्रै जोडीसँग कुराकानी गरे । लगभग ३० प्रतिशत जोडीले पैसाको मामलामा उनीहरु पार्टनरलाई पूरा वास्तविकता नबताउने बताए । थुप्रै पटक उनीहरु पार्टनरसँग किनमेलको कुरा लुकाउँछन्, सामानको मूल्यबारे झुटो बोल्छन् र त्यसबारे नबताइकनै पर्सबाट पैसा पनि निकाल्छन् । लगभग आधा दम्पत्तीले स्विकारेका छन् कि विवाह अघि यो पाटोबारे उनीहरुले कहिले पनि कुराकानी गरेका थिएनन् । लगभग ७० प्रतिशत मामलामा आर्थिक स्थितीका कारण सम्बन्धमा खटपट वा विवादको स्थिती आयो । मानिसहरुले स्पष्ट रुपमा भने, ‘यदि उनीहरुसँग धेरै पैसा भएको भए उनीहरुको यौनजीवन उत्कृष्ट हुने थियो ।’
यौन ऊर्जाः
रिलेशनशिप कोच किम अनामी आफ्नो ब्लगमा लेख्छिन्, ‘धनी हुनका लागि सबैभन्दा सजिलो तरिका हो, यौनजीवनलाई उत्कृष्ट बनाउनुहोस् ।’
यस्तो लेख्नुको पछाडि उनको तर्क यस्तो छ – यौन ऊर्जा व्यक्तिको सृजनात्मक ऊर्जा हो । यसैबाट नयाँ जीवनको रचना हुन्छ । यौन अभिव्यक्ति र आर्थिक स्थितीको आपसी सम्बन्ध निकै गहिरो छ । आफ्नो यौन ऊर्जासँग जति सहज हुनुहुन्छ त्यति नै जीवनका अन्य पाटोप्रति पनि सकारात्मक हुनुहुनेछ ।
किम आफ्नो कोचिङको क्रममा सल्लाह दिन्छिन्, ‘यति तपाईंहरु आर्थिक समस्या झेलिरहनुभएको छ भने आफ्नो यौन जीवनप्रति ध्यान केन्द्रित गर्नुहोस् ।’
उनी भन्छिन्, ‘सेभिङ अकाउन्टले धेरै हदसम्म बेडरुमको माहौल तय गर्छ । ’
केही इन्भेस्टमेन्ट एजेन्सी र बैंकले गरेको अध्ययनले वैवाहिक सम्बन्धमा झगडाको मूल कारण पैसा भएको निष्कर्ष निकालेको छ ।
ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





