अँगालो हाल्दा सम्बन्धका साथै स्वास्थ्यमा पुग्छ विभिन्न फाइदा

२०७८ जेष्ठ २८ गते, शुक्रबार


एजेन्सी

आफ्नो पार्टनरलाई अँगालो हाल्दा जस्तो महसुस हुन्छ, त्योभन्दा सुन्दर अरु के हुनसक्ला र रु जुन भावनालाई शब्दमार्फत् बयान गर्न सकिँदैन, ती भावनालाई प्रेमपूर्वक अँगालो हालेर गर्न सकिन्छ । यो हग डेमा आफ्नो पार्टनरका साथै आफ्नो अभिभावक, भाइ, बहिनी, साथीभाइलाई पनि एउटा प्रेमिल अँगालो हाल्नुहोस् किनभने कसैलाई अँगालो हाल्दा निकै आनन्द महसुस हुनुका साथै स्वास्थ्यलाई पनि विभिन्न फाइदा पुग्छ । आउनुहोस्, अँगालो हाल्नुका फाइदा के के छन्, त्यसबारे जानकारी लिऔंः

१। मुटुका लागि फाइदाजनकः

एक शोधका अनुसार अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्छ ।

२। रक्तचाप कम हुन्छः

वैज्ञानिकका अनुसार अँगालो हाल्दा रक्तचाप पनि कम हुन्छ । यस्तो शरीरमा अक्सिटोसिन हर्मोनको श्रावले हुन्छ । ५९ मानिसमाथि भएको एक अनुसन्धानमा बताइए अनुसार जो मानिसहरु आफ्ना पार्टनरलाई अँगालो हालिरहन्छन् उनीहरुको रक्तचाप नियन्त्रणमा रहन्छ ।

३। तनाव कम हुन्छः

थुप्रै अनुसन्धानमा बताइए अनुसार कुनै विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । अँगालो हाल्दा तनाव कम हुन्छ साथै व्यक्तिको स्मरणशक्ति पनि तीब्र हुन्छ ।

४। मूड फ्रेश हुन्छः

शोधकर्ताका अनुसार अँगालो हाल्दा मानिसको मूड पनि ठिक हुन्छ । वास्तवमा जब तपाईं कसैलाई अँगालो हाल्नुहुन्छ तब तपाईंको दिमागमा सेरोटोनिन हर्मोन अत्यधिक मात्रामा श्राव हुन्छ जसले तपाईंका मूड फ्रेश गर्न मद्दत गर्छ । अँगालो हाल्दा व्यक्तिको काम गर्ने क्षमता पनि बढ्छ ।

350 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal