मेलम्चीको पानी एक महिना नआउने

२०७८ जेष्ठ २० गते, बिहीबार

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी करिब एक महिना नआउने भएको छ। हाल परीक्षणका क्रममा रहेको सो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंका धारामा आउने गरेको थियो।
तर असार १ गतेदेखि करिब १ महिना धारामा मेलम्चीको पानी नआउने भएको हो। मेलम्ची खानेपानी आयोजनाले असार १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने जनाएको छ। आयोजनाका अनुसार हाल परीक्षणमा रहेको वितरणको अवधि असार १ मा सकिँदै छ। फागुन १० बाट सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको थियो। तीन महिनाको परीक्षण अवधि सकिएको छ। र असार १ गतेदेखि सुरुङ खाली गराउन थालिने छ । सुरुङ खाली भएपछि इन्जिनियरहरुले सुरुङको परीक्षण गर्नेछन्। कुनै त्रुटी नभेटिए फेरि पानी वितरण शुरु हुनेछ। यदि त्रुटी फेला परेमा निर्माण कम्पनीले फेरि मर्मत गर्नुपर्ने हुन्छ।सुरुङ खाली भएपछि परीक्षण गर्न कम्तिमा १० दिन लाग्ने आयोजनाले जनाएको छ।
मेलम्चीको पानी नआउने भएपछि काठमाडौंमा पानीको अभाव हुनसक्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

295 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal