अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ९ को मृत्यु
वासिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियास्थित सान होजे शहरमा बुधबार बिहान भएको एक अन्धाधुन्ध गोली प्रहारमा ९ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा आक्रमणकारी पनि परेका छन् ।
भ्याली ट्रान्सपोर्टेशन अथोरिटी रेल यार्डमा भएको सो घटनामा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही कार्यालयको कर्मचारी भएको बुझिएको छ। ५७ बर्षका स्यामुअल केसडी नाम गरेका ती आक्रमणकारी सो कार्यालयका मर्मरसम्भारतर्फका कर्मचारी हुन्।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार, रेल यार्डमा आएर गोली प्रहार गर्नुअघि उनले आफ्नै घरमा आगो लगाएका थिए। आफ्नो घरमा आगो लगाएर गाडी चढी कार्यालयतर्फ हिडेका उनले कार्यालय पुगेपछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
सान्टा क्लारा सेरिफ कार्यालयका डेपुटी सेरिफ रसेल डेभिसलाई उदृत गर्दै लस एन्जेलस टाइम्सले लेखेको समाचारअनुसार, आक्रमण भएको कार्यालयभित्र विष्फोटक पदार्थहरु पनि हुनसक्ने सूचना सुरक्षा निकायहरुले पाएका छन् र बम डिस्पोजल टोलीलाई खटाउनु परेको उनले जानकारी दिएका छन्।
आक्रमणकारी कसरी मारिए भन्ने अहिलेसम्म खुलेको छैन तर अरुलाई मारिसकेपछि उनी आफैंले आफूलाई मारेको हुनसक्ने बताइएको छ ।
सो घटनामा परी ज्यान गुमाएकाहरु आक्रमणकारीसंगै कार्यरत रहेका कर्मचारीहरु रहेको अनुमान गरिएको छ तर उनीहरुको विवरण सार्वजानिक भएको छैन । सञ्चारमाध्यमहरुले थप केही व्यक्तिहरु घाइते भएका र केहीको अवस्था गम्भीर रहेको पनि उल्लेख गरेका छन्। (एजेन्सी
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





