अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ९ को मृत्यु

२०७८ जेष्ठ १३ गते, बिहीबार

वासिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियास्थित सान होजे शहरमा बुधबार बिहान भएको एक अन्धाधुन्ध गोली प्रहारमा ९ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा आक्रमणकारी पनि परेका छन् ।
भ्याली ट्रान्सपोर्टेशन अथोरिटी रेल यार्डमा भएको सो घटनामा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही कार्यालयको कर्मचारी भएको बुझिएको छ। ५७ बर्षका स्यामुअल केसडी नाम गरेका ती आक्रमणकारी सो कार्यालयका मर्मरसम्भारतर्फका कर्मचारी हुन्।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार, रेल यार्डमा आएर गोली प्रहार गर्नुअघि उनले आफ्नै घरमा आगो लगाएका थिए। आफ्नो घरमा आगो लगाएर गाडी चढी कार्यालयतर्फ हिडेका उनले कार्यालय पुगेपछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
सान्टा क्लारा सेरिफ कार्यालयका डेपुटी सेरिफ रसेल डेभिसलाई उदृत गर्दै लस एन्जेलस टाइम्सले लेखेको समाचारअनुसार, आक्रमण भएको कार्यालयभित्र विष्फोटक पदार्थहरु पनि हुनसक्ने सूचना सुरक्षा निकायहरुले पाएका छन् र बम डिस्पोजल टोलीलाई खटाउनु परेको उनले जानकारी दिएका छन्।
आक्रमणकारी कसरी मारिए भन्ने अहिलेसम्म खुलेको छैन तर अरुलाई मारिसकेपछि उनी आफैंले आफूलाई मारेको हुनसक्ने बताइएको छ ।
सो घटनामा परी ज्यान गुमाएकाहरु आक्रमणकारीसंगै कार्यरत रहेका कर्मचारीहरु रहेको अनुमान गरिएको छ तर उनीहरुको विवरण सार्वजानिक भएको छैन । सञ्चारमाध्यमहरुले थप केही व्यक्तिहरु घाइते भएका र केहीको अवस्था गम्भीर रहेको पनि उल्लेख गरेका छन्। (एजेन्सी

297 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal