देशलाई अराजनीतिक दिशामा लान खोजियोः प्रधानमन्त्री ओली

२०७८ जेष्ठ ८ गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको नाममा केही दल तथा नेताहरूले आदर्शका कुरा गर्दै देशलाई अराजनीतिक दिशामा लान खोजेको आरोप लगाउनुभएको छ । बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, आचरण र अभ्यास मान्दैन उही नै लोकतन्त्रका हिमायती भएर, मयुरका प्वाँख जोडेर मयुर भएको स्वाङ पार्दै आदर्शका कुरा गरिरहेको बताउनुभयो ।
नेता माधव नेपाल प्रति इकिंत गर्दै प्रधानमन्त्री ओलीले ​आफ्नै पार्टीका नेताहरू अंहकारमा कुदेर प्रतिक्रान्तिका पाउँमा लगेर आन्दोलनलाई बुझाउन उद्दत भएको बताउनुभयो ।
‘जुन दलसँग प्रतिस्पर्धा गरियो त्यही दलसँग आफ्नो दलको सरकार गिराएर, जो सँग प्रतिस्पर्धा गरियो र फेरी पनि गर्नु छ फेरी पनि उही दलको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नु भनेको पतित हुनु हो ’ प्रधानमन्त्रीको भनाई थियो ।

284 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal