देशलाई अराजनीतिक दिशामा लान खोजियोः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको नाममा केही दल तथा नेताहरूले आदर्शका कुरा गर्दै देशलाई अराजनीतिक दिशामा लान खोजेको आरोप लगाउनुभएको छ । बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, आचरण र अभ्यास मान्दैन उही नै लोकतन्त्रका हिमायती भएर, मयुरका प्वाँख जोडेर मयुर भएको स्वाङ पार्दै आदर्शका कुरा गरिरहेको बताउनुभयो ।
नेता माधव नेपाल प्रति इकिंत गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरू अंहकारमा कुदेर प्रतिक्रान्तिका पाउँमा लगेर आन्दोलनलाई बुझाउन उद्दत भएको बताउनुभयो ।
‘जुन दलसँग प्रतिस्पर्धा गरियो त्यही दलसँग आफ्नो दलको सरकार गिराएर, जो सँग प्रतिस्पर्धा गरियो र फेरी पनि गर्नु छ फेरी पनि उही दलको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नु भनेको पतित हुनु हो ’ प्रधानमन्त्रीको भनाई थियो ।